असाहय दाजुभाइको बन्यो घर

असाहय दाजुभाइको बन्यो घर

प्यूठान : प्यूठान नगरपालिका–६ माझकोट लम्छ्याङनेटाका असाहय दाजुभाइको घर बनेको छ। भत्किनै थालेको जीर्ण घरबाटै आफ्नो भविष्यको बाटो अगाडि बढाउँदै गरेका दाजुभाइकाे विषयमा गत पुस ३० गते अन्नपूर्ण पोष्ट दैनिकमा समाचार प्रकाशित भएपछि थुप्रै सहयोगी हातहरु जुटेका थिए।

जुटेको सहयोग रकमबाट उनीहरुको घर निर्माण भएकाे छ। समाचार पढेर मुलुकभित्र र बाहिर रहेका धेरै नेपालीले सहयोग गरेका छन्।जीर्ण घरलाई पूनःनिर्माण गरेर जस्तापाताको छानो हालिएको छ। घरमा शौचालय र खानेपानीको समेत व्यवस्था गरिएको छ।

घर निर्माण गरेर नगद एकलाख रुपैयाँ रकम बचत भएको छ। उक्त रकम दाजुभाइको संयूक्त बैंक खाता खोलेर जम्मा गरिने भएको छ।आइतबार घर हस्तान्तरण गर्न गाउँमा पुगेका प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेसहित प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतीको टोलीले जनता आवास कार्यक्रममार्फत विनियोजित बजेटबाट समेत थप सहयोग गर्ने आश्वासन दिएका छन्।

घर बनेपछि दाजुभाइको अनुहारमा खुसी छाएको छ। दश वर्षीय मुकेश रोकामगर र उनका आठ वर्र्षीय भाइ ज्ञानेन्द्र रोकामगर आमाको मृत्युपछि कष्टपूर्ण दैनिकी बिताउँदै आएका थिए। कलिलै उमेरमा आमा गुमाएपछि उनीहरुको पठनपाठन समेत प्रभावित हुँदै आएको छ। उनीहरु हाल घरनजिकैको विद्यालयमा दुई कक्षामा पढ्दै छन्।

2_3

घर हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहितको टोलीमा नाबालक दाजुभाइ।तस्बिर : केशर राेका

‘बैंकमा खाता खोलेर जम्मा भएको रकम जम्मा गरिदिने निर्णय गरेका छौँ',सहयोगकर्ता गौमुखी मजदुर यातायात समिति विजुवार प्यूठानका अध्यक्ष प्रल्हादभक्त श्रेष्ठले भने,‘झण्डै दुई महिनाजति अभियानै चलाएर सहयोग संकलन गर्‍यौँ।' पत्रिकामा समाचार पढेर आफूलाई पीडाबोध भएकाले सहयोग संकलनमा जुटेको उनले बताए। जुम्रि बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुमनराज श्रेष्ठसहितको टोलीको समेत घर निर्माण र सहयोग संकलनमा साथ रहेको उनले बताए।

समाचार प्रकाशित भएलगत्तै मगरसंघ इजरायल शाखाले सहयोग संकलन अभियान थालेको थियो। उक्त संस्थाको पहलमा नगद एक लाख २३ हजार दुई सय रुपैयाँ रकम संकलन भएको छ। संघमा आवद्ध इजरायलमा रहेका मल्लरानी गाउँपालिका–५ खैरा कुमीकोट प्यूठानका राम बहादुर थापाले जुटेको रकम घरपरिवारमार्फत सम्बन्धित व्यक्तिलाई बुझाएका छन्।

सहयोगीले बालकलाई घरमै पुगेर राहत वितरण गरेका छन्।लत्ताकपडा, भाडाकुडा, स्टेसनरीलगायतका सामग्री प्रदान गरेको वडा सदस्य ईश्वरबहादुर पुनले जानकारी गराए। रेडियो स्वर्गद्धारीले संचालन गरेको बालबालिका उद्दारकोषमार्फत वार्षिकरुपमा शैक्षिक सामग्री उपलव्ध गराउने भएको छ। बालकलाई थुप्रै व्यक्ति एवं सामाजिक संघसंस्थाले पठनपाठनको व्यवस्थापन गर्ने आश्वासन दिए पनि उनीहरु घरमै बस्ने इच्छा राखेका छन्।

याे पनि पढ्नुहाेस्

टुहुरा नाबालक दाजुभाइको कठिन जिन्दगी


 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.