हत्या र लुटपाट बढ्यो, ६ महिनामै सातको हत्या

हत्या र लुटपाट बढ्यो, ६ महिनामै सातको हत्या

गौर : रौतहटमा ६ महिनामा सातको हत्या भएको छ भने दिनहुँजसो लुटपाट र चोरीका घटना हँदै आएका छन् । गाउँमा रहेको प्रहरीको निष्क्रिय कारण हत्या तथा लुटपाटका घटना बढेको स्थानियको आरोप छ । गएको सोमबार राती कटहरिया नगरपालिका–१ भसेढवाटोलका ४० वर्षीय शिवमंगल महतोको हत्या भएको छ । छेदीचौकमा रहेको प्रहरी चौकी नजिकै महतोको कुटपिट तथा बन्चरो प्रहारबाट हत्या भएको हो ।

राजपुर नगरपालिका –९ बैरियाटोलका आडठ वर्षीय बालक महफुज देवानको गएको माघ ९ गते हत्या भएको थियो । गाउँ नजिकै धारिलो हतियार प्रहारगरी हत्या गरिएको अवस्थामा बालकको शव फेला परेको थियो । गएको असोज ३ गते कटहरिया नगरपालिका–८ का रामपुकार यादवको हत्या भयो ।

असोज ९ गते परोहाका अब्बु भनिने स्वयव अक्बर मारिए यस्तै १३ गते मौलापुर नगरपालिका–५ बजारमा चिरान मिल संचालक चन्द्रपुर–१० बरेडवाका ४५ वर्षीय वीरेन्द्र साहको भाला रोपेर हत्या गरियो । असोज १४ गते वृन्दावन –५ की ३ वर्षीया अन्जलीकुमारी यादवको हत्या भएको थियो । मंसिर २४ गते चन्द्रपुर–१० बलवाटोलका नेमिलाला ठाकुरको कुटपिटपछि मृत्यु भएको थियो । बालचनपुर बजारमा सैलुन सञ्चालन गर्दै आएका ठाकुरको पसलमा दिउँसै हत्या भएको थियो ।

जिल्लाका विभिन्न स्थानमा हत्या, लुटपाट, चोरी तथा झैझगडाका घटना वृद्धि भएको स्थानियबासीले गुनासो गर्दै आएका छन् ।
केही दिन अघि चन्द्रनिगाहपुर चौकमा चन्द्रपुर ५ का पुरुषेतम घिमिरेलाइ कुटपिट गरी नगद तथा सुन लुटिएको थियो । चन्द्रनिगाहपुर, गरुडा, गौर बजारका पसलहरुमा चोरीका घटना समेत बढेको व्यापारीहरुले बताएका छन् ।

एकै दिन बन्दुकधारी समुहले तीनदिन अघि वडा अध्यक्ष सहीत ६ जना लाई कुटपिट गरी नगद तथा सामान लुटपाट गरेका छन ।
कटहरिया नगरपालिका ४ स्थित लालबकैया नदी किनारमा मंगलवार वेलुका बन्दुक वोकेका व्यक्तिहरुले मोटरसाईकलमा सवार मौलापुर नगरपालिका १ का वडाअध्यक्ष रामप्रवेस यादवको चारहजार नगद, मोबाईल तथा सामान लुटेका थिए ।


मौलापुर नगरपालिका २ का भरोसी यादवको ८ हजार तथा छोरीको बिहेको लागी ल्याउदै गरेको कपडा समेत लुटिएको यादवले बताएका छन । सोही दिन स्थानिय ब्यापारी चुनचुन साह, गुलाब मिया राजाबाबु जयसवाल लगायतका मानिसलाई बन्दुकधारी समुहले कुटपिट गरी लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको थियो ।

भारत र नेपालको खुल्ला सिमाना का कारण अपराधीहरु उम्कने गरेको र प्रहरीको निस्कृयताले गर्दा अपराधीहरु पक्राउ नपर्ने गरेको पिडितहरुको भनाइ छ । सिमित साधन र श्रोत भएपनि सुरक्षाका लागी सवै उपायहरु अपनाउँदै आएको रौतहटका प्रहरी अधिकृतहरु बताउछन । रौतहटमा नेपाल प्रहरीको अस्थायी पोष्ट सहित ४७ भन्दा बढी युनिट छन् ।

हत्या तथा अन्य अपराधिक घटनामा संलग्नलाइ पक्राउ गरी कार्वाहीगर्दै आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले बताउदै आएका छन् । भारत नेपाल सिमा नाकाबाट हुने तस्करी , रौतहटको बनबाट हुदै आएको काठ तस्करी समेत प्रहरीले नियन्त्रणगर्न चासो राखेको देखिदैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.