महोत्तरीमा सवारी दुर्घटना बढ्याे

महोत्तरीमा सवारी दुर्घटना बढ्याे

बर्दिबास : तिर्थयात्री बोकेको ज १ त ३५१६ नम्बरको ट्याक्टर माघ ८ गते महोत्तरीको रामगोपालपुरमा पल्टियो। ट्याक्टरको ट्रलिमा चेपिएर रामगोपालपुरको छिमेकी गाउँ सहसौलाका एकै टोलका चारजनाको मृत्यु भयो।

माघ ६ गते मनरासिस्वामा ज १ त १४७१ नम्बरको ट्याक्टर पल्टियो। दुईजनाको ज्यान गयो। पौष २४ गते ज ८ प ४८६० नम्बरको मोटरसाइकलले एकडराको बथनाहामा साइकललाई ठक्कर दियो। साइकलमा सवार एकजनाको ज्यान गयो।

पछिल्लो समय महोत्तरीमा सवारी दुर्घना बढेको यो उदाहरण मात्रै हो। महोत्तरी जिल्लाको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा मंसिरमा ४ जनाको ज्यान गयो। पौष महिनमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो भने, माघमा बढेर ८ जना पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा ४८ वटा सवारी दुर्घटनामा परेर २१ जना पुरुष, ४ जना महिला र ४ जना बालक गरी २९ जनाले ज्यान गुमाए। चालु आर्थिक वर्ष २०७४/०७५ को ८ महिनमा मात्रै ४९ वटा सवारी दुर्घटनामा परी २५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १३ पुरुष, ५ महिला ३ बालक, ४ बालिका गरी २५ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७१/०७२ मा ५४ वटा सवारी दुर्घटना भयो। जसमा १९ जनाले अकालमै ज्यान गुमाए। दुर्घटना कम हुनुको साटो आर्थिक वर्ष २०७२/०७३ मा झनै बढ्यो। आर्थिक वर्षमा भएको ६६ वटा सवारी दुर्घटनमा २४ जनाले ज्यान गुमाए। आर्थिक वर्ष २०७१/०७२ भन्दा २०७२/०७३ मा १२ वटा सवारी दुर्घना बढी भए। २०७१/०७२ भन्दा २०७२/०७३ मा मृत्यु हुनेको संख्या ५ ले बढी भएर २४ जनामा पुग्यो।

२०७१/०७२ यताको चार वर्षमा महोत्तरीमा भएको २ सय १७ वटा सवारी दुर्घटनमा परेर ९७ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय बर्दिबासका इन्स्पेक्टर डिल्लीप्रसाद मैनालीले जनाए। उनका अनुसार ट्रयाक्टर, मोटरसाइकलबाट बढी सवारी दुर्घटना भएको छ।

‘गाउँघरमा कच्ची सडक हुन्छ। सडकमा खाल्टै—खाल्टा हुन्छन्,' इन्स्पेक्टर मैनालीले भने,‘नयाँ चालक हुन्छ। तिनीहरुमा ट्राफिक ज्ञानको पनि कमी हुन्छ। स्पीडमा गाडी चलाइदिन्छन्।जसले गर्दा दुर्घटना बढीरहेका छन्।' ट्राफिक नियमको पालना गरेर सवारी चलाउँदा धेरै दुर्घटना कमी आउने उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.