एकै व्यक्तिबाट सातजनाको हत्या, सिरियल किलर सकिललाई ल्याइयो नेपाल
![एकै व्यक्तिबाट सातजनाको हत्या, सिरियल किलर सकिललाई ल्याइयो नेपाल](https://annapurnapost.prixacdn.net/media/albums/mohammad-sakil-murder-5a9be9c73eb626.94360788_VNegvDSDLo.jpg)
काठमाडौँ: सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।
इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेपछि इन्टरपोल कतारबाट आएका प्रहरी अधिकृतले आइतवार हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिएका छन् ।
सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएकोमा उनी फरार भएर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए ।
पक्राउ परेका हुसेनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)