प्रशासकीय अधिकृत मातेर कार्यालय आएपछि

प्रशासकीय अधिकृत मातेर कार्यालय आएपछि

तुलसीपुर : राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललितकुमार थापा मदिरा पिएर कार्यालय प्रवेश गरि अन्य कर्मचारीलाई अभद्र व्यवहार गरेका छन् । आइतबार बिहान साढे ११ बजे कार्यालय छिरेका थापाले मदिराकै तालमा कार्यकक्षमै गएर लेखापाललाई तथानाम गाली गरे । नजिक भएका अन्य कर्मचारीलाई पनि अभद्र व्यवहार गरेको प्रत्यक्षदर्शी सेवाग्राहीले बताए ।

मदिराले मातेर प्रमुख थापा कार्यालय आएको र काम गरिरहेको अवस्थामा विभिन्न बहाना निकाल्दै अभद्र व्यवहार गरेको राप्ती गाउँपालिकाका लेखापाल धर्म वलीले बताए । ‘म काम गर्दै थिएँ, एकाएक प्रमुख थापाले तथानाम गाली गर्दै कुटपिट प्रयास समेत गर्नुभयो’ वलीले भने । ‘म संयमित भएर बसिरहेँ । सव इन्जिनियरले कुटपिट हुनबाट बचाउनु भयो ।’ वलीले आइतबार पनि हातपात प्रयास गरेको बताइएको छ ।

उता अधिकृत थापाले सामान्य विवाद भएको स्वीकारेका छन् । उनले लेखापालले दुई महिनादेखिको आफ्नो टिएडिए र चार महिना देखिको घरभाडा समेत नदिएकाले किन ढिलो भयो भनेर सोधपुछ गर्दा सामान्य विवाद भएको बताए । यसलाई सामान्य रुपमा लिनु पर्ने उनको भनाइ छ ।

राप्ती गाउँपालिकाका प्रमुख नुमानन्द सुवेदीले त्यो विषयमा सबै आफूलाई जानकारी नभएको भन्दै सोमबार यो विषयमा छलफल गर्ने बताए । म आइतबार जिल्ला प्रशासन कार्यालयमा गएकाले यो विषयमा सबै पूर्णरुपले बुझ्न नसकेको भन्दै समान्य विवाद भएको सुनेको बताए ।

उनले सोमबार कर्मचारी बीच छलफल गरेर सत्य तथ्य बुझ्ने बताए । लेखापाल र प्रमुख प्रशासकीय अधिकृत बीचको विवादका कारण दिनभर गाउँपालिकाको सेवा प्रवाहमा समेत समस्या भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.