काम नगर्ने ठेकेदार र कर्मचारीलाई कारबाही गर्ने मन्त्री सोनलको चेतावनी

काम नगर्ने ठेकेदार र कर्मचारीलाई कारबाही गर्ने मन्त्री सोनलको चेतावनी

वीरगन्ज : प्रदेश नम्बर २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेशमा सञ्चालित भौतिक पूर्वाधार योजनामा लापरबाही गर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्। ठेक्का सम्झौता कम मूल्यमा स्वीकार गर्ने तर विभिन्न बहाना बनाएर समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाइ अब प्रदेश सरकारले कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ।

पर्सा र बारा जिल्लामा निर्माण भइरहेका भौतिक पूर्वाधारका परियोजनासंग सरोकार राख्ने सरकारी कार्यालयका प्रमुख तथा ठेकेदारसँग आइतबार वीरगन्जमा आयोजित छलफल कार्यक्रममा मन्त्री सोनलले भने, ‘अहिले जति पनि भौतिक पूर्वाधार र विकास निर्माणका कामहरु भइरहेका छन्, ती सबै काममा ठेकेदारको लापरवाही देखिएको छ। तर, अब यो लापरबाही सह्य छैन।’

एउटै परियोजनामा धेरै सरोकारवाला निकायले काम गर्ने गरेकोले उनीहरुबीच आपसी समन्वयको अभावमा पनि गुणस्तरीय काम हुन नसकेको उनको भनाइ छ। सरकारी कर्मचारीमा पुरानै केन्द्रिकृत मानसिकता अहिले पनि हाबी रहेको भन्दै मन्त्री सोनलले विकासे कार्यालयका प्रमुखलाई लक्षित गर्दै भने, ‘अब पुरानो केन्द्रिकृत मानसिकता त्याग गर्नुपर्छ, नेताको दबाबमा होइन कानुन र निर्देशिकाले जे भनेको छ त्यही अनुसार काम गर्नुहोस्।’

अहिले प्रदेश नम्बर २ मा निर्माण भएका भौतिक पूर्वाधारहरुको संरचना पनि सन्तोषजनक नरहेको उनले बताए। प्रदेश नम्बर २ को विकास र समृद्धि नै प्रदेश सरकारको मुख्य लक्ष्य रहेको भन्दै उनले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन पनि दिए।

हुलाकी राजमार्ग भन्दापछि सुरु भएको मध्य पहाडी लोकमार्ग सम्पन्न हुन लागीसकेको अवस्था रहेपनि हुलाकी राजमार्ग निर्माणमा भएको ढिलासुस्ती प्रति उनले असन्तुष्टी व्यक्त गरे। मानव विकास सूचकांकमा पनि प्रदेश नम्बर २ अरु प्रदेश भन्दा पछाडि रहेको भन्दै उनले भने ,‘अब प्रदेश नम्बर २ लाई सम्वृद्ध बनाउन तपाईं हामी सबैले आ–आफ्नो स्थानबाट इमान्दारिताका साथ काम गर्नुपर्छ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले कुनै पनि आयोजना निर्माणका लागि आह्वान गरिने बोलपत्रमार्फत् ठेक्का आपूmले नपाए मुद्दा हालेर विकास निर्माणका काममा अवरोध गर्ने ठेकदारलाई कारवाही गर्ने नीति प्रदेश सरकारले बनाउनु पर्ने माग मन्त्री सोनल समक्ष गरे।

छलफल कार्यक्रममा प्रदेशसभा सदस्यद्वय करिमा वेगम र जनत अन्सारी, वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह, प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मी, पर्सा र बारामा सन्चालित विभिन्न परियोजनाका ठेकेदारलगायतको उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.