भीमसेन गाउँपालिका केन्द्र विवाद समाधान गर्न कार्यदल

भीमसेन गाउँपालिका केन्द्र विवाद समाधान गर्न कार्यदल

गोरखा : भीमसेन गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न प्रदेश सरकारले कार्यदल बनाएको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान संयोजक रहने गरि कार्यदल बनाएको प्रदेश सरकारका प्रवक्ता पर्यटनमन्त्री रामशरण बस्नेतले बताए ।

कार्यदलमा उक्त गाउँपालिका रहेको जिल्ला गोरखा १ प्रदेशसभा ख का प्रतिनिधि बस्नेत र एक सचिव सदस्य छन् । १५ दिन भित्र स्थलगत अध्ययन गरि वार्ता र संवादद्वारा विवाद समाधानको पहल थाल्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।

‘तीन महिनादेखि गाउँपालिकाको कार्यालय बन्द छ । गाउँपालिकाले लिने कक्षा आठको परीक्षाको कुनै तयारी कुनै छैन । विकास निर्माणको काम समेत ठप्प छ । पहिले भएका कामको पनि भुक्तानी भएको छैन’ मन्त्री बस्नेतले भने ‘दुई पक्ष बीच संवादहीनताको अवस्था छ । त्यसैले समन्वयको काम गर्ने निर्णय गरेका हौं ।’ उक्त कार्यदलले धार्चे गाउँपालिकाको विषयमा उठेका केही सवाल पनि निदान गर्ने जनाइएको छ ।

गएको कात्तिक १९ गते गाउँ कार्यपालिको बैठकले भीमसेन गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेशाल सार्ने निर्णय गरेको थियो । सो निर्णय मन्त्रीपरिषद्ले समर्थन गर्दै राजपत्रमा समेत उल्लेख छ । उक्त निर्णयपछि वडा ५ बगुवाका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको संयोजकत्वमा संघर्ष समिति गठन गरी बन्द तथा अनसनको कार्यक्रम जारी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.