लगातार तीन खेलमा आर्सनलको दुर्भाग्य, प्रशिक्षक वेंगर दबाबमा

लगातार तीन खेलमा आर्सनलको दुर्भाग्य, प्रशिक्षक वेंगर दबाबमा

काठमाडौँः इङ्लिस क्लब आर्सनल लगातार तीन खेलमा पराजित भएपछि म्यानेजर आर्सेन वेंगरमाथि क्लब छाड्न दबाब बढेको छ ।

आइतवार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा कम्जोर प्रतिस्पर्धी ब्राइटनसँग पनि पराजित आर्सनल यो सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना पनि कम्जोर बन्दै गएको छ ।

आजको ब्राइटनसँग पराजित भएपछि उपाधिको पहिलो नम्बरमा रहेको म्यानचेस्टर सिटीसँग आर्सनल ३० अंकले पछि परेको छ भने च्याम्पियन्स लिग छनोटका लागि पनि ऊ १३ अंकले पछि परेको छ ।

ब्राइटनलाई सनसनीपूर्ण जित दिलाउन डन्कले सातौँ मिनेटमा र मुर्रेले खेलको २६ औँ मिनेटमा गोल गरे । पराजित आर्सनलका लागि खेलको ४३ औँ मिनेटमा पिएर्रे एमेरिक एयुबामेयाङले गरे ।

आर्सनल यसअघि काराबाओ कपको फाइनलमा म्यानचेस्टर सिटीसँग ३–० ले पराजित भएको थियो । त्यसपछि सिटीसँग नै प्रिमियर लिगमा पनि ३–० ले पराजित भयो । आइतवार ब्राइटनविरुद्धको खेलमा पनि पराजित भएपछि आर्सनलको पराजय यात्रा तीन खेलमा पुगेको छ ।

यो पराजयपछि आर्सलन २९ खेलबाट ४५ अंकसहित लिगको छैटौँ स्थानमा छ भने विजयी भएको ब्राइटन २९ खेलबाटै ३४ अंकसहित लिगको दशौँ स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.