कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेको संसदीय दलको नेता चयनका लागि निर्वाचन सुरु भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान १० बजेदेखि निर्वाचन सुरु भएको हो। मतदान दिउँसो १ बजेसम्म जारी रहनेछ।

कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा रहेका छन्। सर्वसम्मतिबाट दलको नेता चयन गर्ने प्रयास असफल भएपछि मतदान भएको हो।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन्। 

देउवाको उम्मेदवारीलाई नेता विजयकुमार गच्छदारले प्रस्ताव र नेता मानबहादुर विकले समर्थन गरेका छन्।  सिंहको उम्मेदवारीलाई कोषाध्यक्ष सीतादेवी यादवले प्रस्ताव र नेता सञ्जयकुमार गौतमले समर्थन गरेका छन्।

सभापति देउवा पक्षले आफ्ना बहुमत सांसद भएकाले सहजै विजयी हासिल गर्ने दाबी गरेको छ भने नेता सिंहले निर्वाचनपछि पार्टीमा नयाँ नेतृत्वको खाँचो देखिएकाले बहुमत सांसदले आफूलाई मतदान गर्ने तर्क गरेका छन्।

संसदीय दलको नेताको उम्मेदवारका लागि आइतबार अपराह्न ६ देखि साँझ साढे बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिएको थियो। निर्वाचन तालिकाअनुसार बिहानसाढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको संसदीय निर्वाचन समितिका सदस्यसचिव केशव रिजालले जानकारी दिए।
पार्टीको संसदीय दलको परिमार्जित विधानअनुसार संसदीय दल कार्यसमिति २९ सदस्यीय हुनेछ। संसदीय दलको नेताको निर्वाचनपछि मात्र संसदीय दल कार्यसमितिको निर्वाचन हुनेछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.