एक्टिङमा करिअर बनाउन ९ टिप्स
१) एक्टिङसम्बन्धी पुस्तक पढ्नुहोस्
एक्टिङका सम्बन्ध थाहा पाउने सबैभन्दा गतिलो माध्यम पुस्तक नै हो। एक्टर र एक्टिङ सिकाउने शिक्षकले लेखेको पुस्तक तपाईंका लागि उपयोगी बन्न सक्छन्। सानफोर्ड मिज्नर र डेनिस लङवेलले लेखेको पुस्तक ‘सानफेर्ड मिज्नर अन एक्टिङ’ पुस्तक पढ्न सक्नुहुन्छ। अथवा, स्टेला एड्लरद्वारा लिखित पुस्तक ‘द आर्ट अफ एक्टिङ’ पनि तपाईंका लागि रुचिकर हुनसक्छ। यस्ता पुस्तकले तपाईंलाई एक्टिङका लागि मद्दत पुर्याउन सक्छन्।
२) ‘पर्फमेन्स’हरू हेर्नुहोस्
एक्टिङमा आउनका लागि एक्टिङ कक्षा महत्वपूर्ण हुन्छ। त्यस्तै क्लासिकल सिनेमा हेरेर पनि तपाईं धेरै नयाँ कुरा सिक्न सक्नुहुन्छ। हरेक फिल्ममा तपाईंले भिन्नभिन्न पात्रका क्षमता देख्न पाउनुहुन्छ। हरेकसँग तपाईंले सिक्ने कुरा हुन सक्छन्। विभिन्न कलाकारले चर्चित फिल्ममा देखाएका क्षमता यस्ता छन्—
- पिटर सेलर– द पिंक प्यान्थर
- जोनि क्यास– वाल्क द लाइन
- मेरिल स्ट्रिप– द डेभिल वयर्स प्राडा
३) योजना बनाउनुहोस्
एक्टिङमा धेरै समय खर्च हुन्छ। तपाईंले एक्टिङमै लाग्ने मनस्थिति बनाउनुभएको छ भने अत्यधिक समय यसैमा खर्च गर्नुहोस्। हप्तामा एक दिनको समय दिएर मात्रै एक्टिङमा स्थापित हुन सकिँदैन। तपाईंले अहिले गरिरहेको कामलाई धेरै समय दिनु परिरहेको हुनसक्छ। त्यसो हो भने अब योजना बनाएर एक्टिङलाई बढी र गरिरहेको कामलाई अलि बढी समय दिनुहोस्।
४) आर्थिक रूपले सक्षम हुनुहोस्
तपाईं पनि देख्न सक्नुहुन्छ, कलाकारहरू कति व्यस्त भइरहेका हुन्छन्। स्क्रिप्ट पढ्नुपर्यो। लाइन याद गर्नु पर्यो। अडिसन दिनु पर्यो। उनीहरू अरू सबै थोक छाडेर यसैमा लागेका हुन्छन्। एक्टिङमा लाग्ने भएपछि अरू थोक काम गर्नै भ्याइँदैन। आर्थिक रूपले सक्षम हुनुभयो भने आर्थिक पक्षको तनाव नलिई तपाईंले यसमा समय खर्चिन सक्नुहुन्छ।
५) एक्टिङ क्लास लिनुहोस्
तपाईंले अनलाइनतिर खोज्नुभयो आफ्नो नजिकै एक्टिङ क्लास पाउन सक्नुहोला। पढ्न आउनुअघि आफू जहाँ भर्ना हुन लागेको हो त्यस स्कुलबारे थाहा पाउनुहोस्। तपाईंलाई एक्टिङका सामान्य र आधारभूत विषयबारे पनि ज्ञान दिने स्कुल हुनुपर्छ त्यो। जस्तो, पात्रलाई कसरी वास्तविक बनाउने, पात्रमा कसरी घुल्ने, आवाज कस्तो बनाउने जस्ता विषय एकदमै महत्वपूर्ण हुन सक्छन्।
६) स्थापित कलाकारसँग गफ गर्नुहोस्
स्थापित कलाकारसँग अभिनयबारे सल्लाह गर्दा एक्टिङको विषयमा झन् धेरै थाहा हुन्छ। एक्टिङमा स्थापित भइसकेका र भर्खरै लागेकासँग फिल्मी क्षेत्रबारे कुरा गर्नुहोस्। उनीहरूले तपाईंलाई यहाँ हुने दुःखसुखका बारे बताउन सक्छन्। कलाकारसँग तपाईंले यी प्रश्न सोध्न सक्नुहुन्छ—
- अडिसनबाट तपाईं कतिपटक बाहिरिनुभएको छ ?
- हप्तामा तपाईं कतिवटासम्म अडिसनमा जानुहुन्छ ?
- एक्टिङ सुरु गर्दा मेरो कतिजति पैसा खर्च हुनसक्छ ?
- एक्टिङ सुरु गर्न चाहनेका लागि तपाईंको केही सल्लाह छ ?
७) कुन क्षेत्रमा एक्टिङ गर्ने हो, निर्णय लिनुहोस्
एक्टिङ गर्नका लागि यहाँ विभिन्न क्षेत्र छन्। आफू कुन क्षेत्रमा लाग्न खोजेको हो, त्यसबारे स्पष्ट हुनुहोस्। जस्तो—
- फिल्म, टीभी, ओपेरा
- टेलिभिजन कार्यक्रम
- थिएटर
- विज्ञापन
८) आफ्नो ‘रेजुमी’ तयार पार्नुहोस्
एक्टिङ गर्ने सुर बनाउँदै गर्दा तपाईंले आफ्नो रेजुमी तयार पार्नुपर्छ। रेजुमीमा केही गल्ती नगर्नुहोस्। तपाईंको उचाइ, तौल, आँखाको रङ, कपालको रङजस्ता कुरा नछुटाउनुहोस्। तपाईंले गरेका कामबारे लेख्नुहोस्। तपाईं कुन क्षेत्रमा दक्ष हुनुहुन्छ, रुचि के हो भन्नेसम्म लेख्नुहोस्। अरू थप—
- तपाईंको ठेगाना, सम्पर्क नम्बर।
- पहिले कतै एक्टिङ गर्नुभएको र एक्टिङ सिक्दै हुनुहुन्छ भने लेख्नुहोस्।
- आफूलाई कस्तो भूमिका मन पर्छ, उल्लेख गर्नुहोस्।
- मातृ भाषाबाहेक अरू कुनै भाषा पनि जान्नुहुन्छ ?
९) चिठी लेख्नुहोस्
चिठीले सम्बन्धित व्यक्तिसँग सम्बन्ध बढाउन मद्दत गर्छ। यस्तो चिठीले तपाईंको रुचि केमा छ भन्ने पनि थाहा लाग्छ। चिठीमा निम्न विषय हाल्नुहोस्—
- चिठीको सम्बोधन गर्न नछुटाउनुहोस् र आफूलाई कस्तो भूमिका मन पर्छ, त्यो पनि लेख्नुहोस्।
- तपाईंले कहाँ अध्ययन गर्नुभयो, एक्टिङ क्लास कहाँ लिनुभयो, लेख्नुहोस्।
- एक्टिङका सन्दर्भमा आफ्नो अनुभव छ भने उल्लेख गर्नुहोस्।