पाकिस्तानी प्रधानमन्त्रीको कार्यक्रममा निजी सञ्चार माध्यामलाई निषेध

पाकिस्तानी प्रधानमन्त्रीको कार्यक्रममा निजी सञ्चार माध्यामलाई निषेध

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीको नेपाल भ्रमणका कार्यक्रममा सरकारी सञ्चार माध्याम बाहेक अन्यलाई प्रवेश नदिइने भएको छ। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार अब्बासीलाई विमानस्थलमा स्वागत गर्दा निजी सञ्चार माध्यामलाई प्रवेश दिइने भए पनि त्यसपछिका अन्य कार्यक्रममा सरकारी सञ्चार माध्यामलाई मात्रै प्रवेश दिइने तयारी गरिएको छ ।

यस बारे जानकारी लिन खोज्दा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले आफूलाई यस बारे जानकारी नभएको र माथिबाट यस्तै आदेश आएको जानकारी दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार दिउँसो नेपाल आउँदै छन् । अब्बासीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । पधानमन्त्री ओलीले अब्बासीको सम्मानमा सोमबार रात्रीभोजको आयोजना गर्ने बताइएको छ । अब्बासी ओली प्रधानमन्त्री भएपछि नेपालको भ्रमण गर्ने पहिलो राष्ट्र प्रमुख हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.