रेशम चौधरीलाई शपथ नगराए अवरोध गर्ने राजपा सांसदको चेतावनी

रेशम चौधरीलाई शपथ नगराए अवरोध गर्ने राजपा सांसदको चेतावनी

धनगढी : राजपाका सांसदले प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई शपथग्रहण नगराए प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिएका छन्।

धनगढीमा आइतबार दिउँसो बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोलेका राजपाका प्रदेशसभा सदस्य कृष्ण चौधरीले सांसद चौधरीलाई शपथग्रहणको व्यवस्था नगरिए आगामी प्रदेशसभा बैठक चल्न नदिने चेतावनी दिएका हुन्। कैलाली १ बाट निर्वाचित भएर पनि प्रमाणपत्र नदिनु र शपथग्रहणको व्यवस्था नगरिनु भनेको थारूहरूमाथिको राजनीतिक र जातीय अन्याय भएको उनको आरोप थियो। थारूहरूले भारी जनमत पाएका व्यक्तिलाई शपथग्रहण नगराउनु र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको चौधरीको भनाइ थियो।

डोटीबाट विजयी कांग्रेस सांसद भरत खड्काले पनि विशेष समय लिएर बोल्दै डोटीको दिपायलमा राजधानीको आन्दोलन गरिरहेकालाई प्रदेश सरकारले अविलम्ब वार्तामा बोलाउनुपर्ने माग गरे। उनले अल्पमत र बहुमतभन्दा पनि औचित्यका आधारमा निर्णय लिन आग्रह गरे।

विशेष समय लिएरै बोलेका कञ्चनपुरका सांसद लालबहादुर खड्काले सांसदको सेवा–सुविधा र कर्मचारीको सरुवा–बढुवाका कुराले मात्रै प्राथमिकता पाइरहेकोमा विरोध जनाउँदै विकास निर्माणमा पनि ध्यान दिन माग गरे।

सांसद नेपालु चौधरीले हुलाकी सडकमा भइरहेको ढिलाइका कुरा उठाएका थिए भने। दार्चुलाबाट मानबहादुर धामीले त्यहाँका पूर्वाधारका काम कछुवा गतिमा भइरहेको भन्दै ध्यानाकर्षण गराएका थिए।

कांग्रेसका रणबहादुर रावल, माओवादीकी देवकी मल्ल र दुर्गाकुमारी कामीले पनि सार्वजनिक महŒवका विषयमा विशेष समय लिएर बालेका थिए।

मुख्यमन्त्रीले विश्वासको मत लिन पाएनन्

प्रदेश ७ को तेस्रो बैठकले संसद्को कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन गरेको छ। तर मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने कार्यतालिका रहे पनि प्राविधिक कारणले स्थगित भएको जनाइएको छ। अब फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन्।

सभामुख अर्जुन थापाले गठन गरेको संसद्को कार्यव्यवस्था परामर्श समितिमा तारा लामा तामाङ, कृष्णराज सुवेदी, अर्चना गहतराज, अक्कल रावल, वीरमान चौधरी, भरत खड्का, रणबहादुर रावल र मालामती राना छन्। सभामुखको नेतृत्वमा रहने कार्यव्यवस्था परामर्श समितिमा उपसभामुख र कानुनमन्त्री सदस्य रहने व्यवस्था छ।

संसद्को परामर्शका लागि कार्यव्यवस्था परामर्श गठन गरिन्छ। त्यस्तै प्रदेशसभा नियमावली मस्यौदा समितिमा लीलाधर भट्ट, पूर्णा जोशी, महेशदत्त जोशी, टेकबहादुर रैका र कृष्ण चौधरी रहेका छन्। एमालेको तर्फबाट प्रदेशसभा सदस्य तारा लामा तामाङले प्रस्ताव गरेको समितिलाई कांग्रेसका प्रदेशसभा सदस्य टेकबहादुर रैकाले समर्थन गरेका थिए। समितिको संयोजक सदस्यहरुले आफैँ तोक्ने प्रावधान छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.