शिलास्माले चुमिन् 'ब्युटिसियन नेपाल' को ताज
काठमाडौं : 'ब्युटिसियन नेपाल २०१८' को उपाधि शिलास्मा मल्लले हात पारेकी छिन्। जमलस्थित राष्ट्रिय नाचघरमा आइबार आयोजना भएको ब्युटिसियन नेपालमा मल्लले अन्य १६ जना प्रतिस्पर्धीलाई उछिन्दै उपाधि हात पारेकी हुन्। उनले उपाधिसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यस्तै फस्ट रनरअप सविना चित्रकार र सेकेन्ड रनरअपको उपाधि बीना श्रेष्ठले प्राप्त गरेकी छन्।
प्रतियोगितामा अनलाइन भोटिङमार्फत मिसेस पब्लिक च्वाइस र बेस्ट ट्यालेन्टको उपाधि पनि शिलास्माले नै हात पारिन्।उपाधि हात परेपछि शिलास्माले भनिन्, 'इच्छा र कडा मेहेनतले यो उपाधि हात पारेकी हुँ । अब कैलालीमा रहेका एकल महिलालाई ब्युटिसियनसम्बन्धी तालिम दिएर यही क्षेत्रमा आउन प्रेरित गर्नेछु।'
अमेजन इन्टरटेनमेन्टद्वारा ब्युटिसियन पेशामा आवद्ध क्षमतावान ब्युटिसियनहरुलाई अन्तराष्ट्रीय स्तरसम्म पुर्याउने र यसमै भविष्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेशा र समाजप्रति थप जिम्मेवार एवम् उत्तरदायी बनाउने उदेश्यले आयोजना गरेको सो कार्यक्रममा अन्य विजेताहरुले विभिन्न टाइटल प्राप्त गरेका छन्।
जसमा मिठ्ठु महर्जन बेस्ट पर्सानालिटी, प्रतीक्षा अधिकारी बेस्ट फोटोजेनिक, गंगा खड्का बेस्ट कम्लेक्सन, देवी श्रेष्ठ मस्ट पंचुअल, सविना खत्री मस्ट डिसीप्लिन,सुनिता पोखरेल मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस, सविना चित्रकार मस्ट स्मार्ट,सम्झना शेर्पा मस्ट चार्मिङ,लिना खेबाङ सुब्बा मस्ट एक्टिभ, सविना नेपाली मस्ट स्टाइलिस र कल्पना गुरुङ मस्ट पपुलरको अर्वाड हात परेका थिए।
कार्यक्रमको प्रमुख अतिथी सञ्चारकर्मी, मोडेल तथा कोरियोग्राफर कला सुब्बा थिइन्। त्यस्तै अन्य निर्णायकमा मीस नेपाल उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजीस्ट डा। रेखा थापा र मिसेस हिमालयन नेपाल २०१८ की विजेता गोमा अधिकारीको उपस्थिति थियो। प्रतियोगितालाई युरोपियन ब्राण्ड पायस कस्मेटक्सिले प्रायोजन गरेको थियो। प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन भने कार्यक्रमको संचालन रोजिन शाक्यले गरेका थिए ।