‘प्रतिक्रियावादीको पासोमा फ्याट्ट पर्ने मुसो होइन एमाले’

‘प्रतिक्रियावादीको पासोमा फ्याट्ट पर्ने मुसो होइन एमाले’

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनेमा कुनै शंका नरहेको बताएका छन् ।

सुखानीमा सहिद भएकाहरुको सम्मानमा आयोजित ४५ औं सहिद स्मृति दिवशका अवरमा पार्टी कार्यलय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश निर्माणका लागि दुवै पार्टीका नेताहरु आफ्नो स्वार्थ त्याग्न तयार रहेको बताएका छन् ।

‘केही प्रतिक्रियावादीहरु एमालेका नेताहरु एकता गर्न मानेका छैनन् भनेर कुप्रचार गर्दैछन्’, ओलीले भने, ‘तर, एमालेमा सबै अनुभवी र खारिएका नेता भएकोले त्यस्ता प्रचारको कुनै अर्थ छैन । एमाले त्यस्तो मुसा होइन, जो प्रतिक्रियावादीले थापेको पासोमा फ्याट् परोस ।’

सुखानीका सहिदहरुको बलिदानको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि सहिदहरुले देखाएको बाटोबाट आफू कहिल्यै विचलित नहुने प्रतिवद्धता जनाए ।

पञ्चायती शासकले हत्या गरेका सुखानी ५ जना सहिद, दुर्गानन्द झा र भीमदत्त पन्त लगायतलाई सहिद घोषणा विगतका सरकारले कञ्जस्याइँ गरेको ओलीले बताए । ‘दुई वर्षअघि म प्रधानमन्त्री भएको बेला मात्र उहाँहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गरिएको हो’, उनले भने ।

प्रधानमन्त्री ओलीले सरकार सबै नागरिकलाई अधिकार, अवसर, सुरक्षा र सम्मानको प्रत्याभूत गर्न तयार रहेको बताए । ‘सहिदहरुले सामाजिक सद्ध्भाव, राष्ट्रिय एकता, शान्ति र सृमद्धिका लागि बलिदान गरेका थिए’ प्रधानमन्त्री ओलीले भने, ‘सहिदहरुको त्यो भावनाको हमी उच्च कदर गरेर काम गर्छौं ।’

वाम गठबन्धनको बहुमतको सरकार देखेर केही मानिस आत्तिएको बताउँदै प्रधानमन्त्री ओलीले यसलाई विभिन्न बहानामा कमजोर पार्ने कोशिस असफल हुने बताए ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले पहिलो पार्टी, कम्युनिष्ट पार्टीको सरकार, कम्यूनिष्ट पार्टीको प्रदेश र स्थानीय सरकार भन्ने बानी बसाउनु पर्ने बताए ।

कम्युनिष्ट फुटाएर फेरि आफ्नो राज स्थापना गर्न सकिन्छ कि भनेर कसैले सोच्नु सपनामा चकलेट खाए जस्तो मात्र हुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सपना चकलेट खाएको देख्यो ,ब्यूझिँदा मुख गुलियो हुँदैन’, उनले भने, ‘कम्युनिष्टलाई फुटाएर आफ्नो शासन चलाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यसको हविगत सपनाको चकलेट जस्तै हुन्छ ।’

पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेको आरोपमा तत्कालिन शासकले पक्राउ गरेका पाँच झापाली योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा–इलामको सिमानाम पर्ने सुखानीको जंगलमा गोली हानी हत्या गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.