नयाँ शक्तिको पुनर्गठन :सूचना तथा सञ्चार विभाग संयोजकमा पाण्डे

नयाँ शक्तिको पुनर्गठन  :सूचना तथा सञ्चार विभाग संयोजकमा पाण्डे

काठमार्डौः नयाँ शक्ति पार्टी, नेपालको पुर्नगठन गरिएको छ। डा. बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्तिको १७ सदस्यीय सचिवालय गठन भएको छ। संयोजक डा. बाबुराम भट्राईको अध्यक्षतामा फागुन १९ र २० गते बसेको बैठकले १७ सदस्यीय सचिवालयसहित पार्टीको पुर्नगठन गरिएको हो।

चिवालयमा डा. भट्टराई, हिसिला यमी, शरण बाठामगर, रुद्रबहादुर गुरुङ, रामरिझन यादव, राजेन्द्रकुमार किराँती, परशुराम खापुङ, नवराज सुवेदी, देवीप्रसाद ओझा, दुर्गा सोव, डा. केशवमान शाक्य, डम्बर खतिवडा छन्। त्यस्तै गंगानारायण श्रेष्ठ, कृष्णकुमार चौधरी, केशव दाहाल, कल्पना धमला र संरक्षक परिषदको संयोजकलाई सचिवालयमा राखिएको छ।

संघीय परिषद्को चौथो विस्तारित बैठकद्वारा पुनर्गठित महाधिवेशन आयोजक समितिको दोस्रो बैठकले प्रादेशिक इन्चार्ज र संयोजक समेत तोकेको छ। प्रदेश १ को इन्चार्जमा राजेन्द्रकुमार किराँती र संयोजकमा देवराज भण्डारीलाई जिम्मेदवारी दिएको छ। प्रदेश २ को इन्चार्जमा रामरिझन यादव र सयोजक सुशिल यादव, प्रदेश ३ को इन्चार्जमा गंगानारायण श्रेष्ठ र सोनामसिंह स्याङतान, प्रदेश ४ को इन्चार्जमा रुद्रबहादुर गुरुङ र संयोजकमा देवीप्रसाद सुवेदीलाई चयन गरेको छ।

प्रदेश ५ को इन्चार्जमा नवराज सुवेदी र संयोजकमा दानबहादुर चौधरी, कर्णाली प्रदेशको इन्चार्जमा शरण बाठा मगर र संयोजकमा रामबहादुर बोहरा तथा प्रदेश ७ को इन्चार्जमा कृष्णकुमार चौधरी र संयोजकमा प्रकाशबहादुर साउदलाई जिम्मेदवारी दिइएको छ। प्रवासको इन्चार्जमा हिसिला यमी र धनबहादुर गुरुङलाई तोकिएको छ। पार्टी प्रवक्तामा प्रशान्त सिंह र डम्बर खतिवडालाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिने निर्णय भएको छ भने केन्द्रीय कार्यालयको सचिव राजु नेपाललाई बनाइएको छ।

परशुराम खापुङको संयोजक रहने गरी अनुगमन तथा मुल्यांकन, देवी ओझा संयोजक रहने गरी राजनीतिक संवाद तथा जनपरिचालन विभाग, केशव दाहालको संयोजकत्वमा उत्पादन तथा स्वरोजगार विभाग, डा.राजेन्द्र केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा स्रोत परिचालन विभाग, विश्वदीप पाण्डेको नेतृत्वमा सूचना तथा सञ्चार विभागलगायत १९ वटा विभाग गठन गरिएको छ।

अनुशासन तथा सदाचार आयोगको प्रमुख आयुक्तमा महेन्द्र श्रेष्ठ, निर्वाचन आयोगको प्रमुख आयुक्तमा कृष्णप्रसाद शर्मा र लेखापरीक्षण आयोगको प्रमुख आयुक्तमा वीकेमान सिंह नियुक्त गरिएको छ। बैठकले आंगिक संगठन, पेशागत संगठन, विशेष संयन्त्रका फ्र्याक्सन इञ्चार्जहरु तोकिएको छ। आंगिक संगठनको संयोजकको जिम्मा कल्पना धमलालाई दिइएको छ। त्यसैगरी सम्पर्क संयन्त्रको इञ्चार्ज ईश्वर रिजाल र राष्ट्रिय मामिला संयन्त्रको जिम्मेवारी पञ्चलाल महर्जनलाई दिइएको छ।

बैठकले चैत्र ५ गते प्रदेश १ र २ को संयुक्त भेला लहानमा, चैत्र ७ गते प्रदेश ३ र ४ को संयुक्त भेला चितवनमा र चैत्र १० गते प्रदेश ५, कर्णाली प्रदेश र ७ को संयुक्त भेला नेपालगन्जमा गर्ने निर्णय गरेको सूचना तथा सञ्चार विभागका संयोजक विश्वदीप पाण्डेले जानकारी दिए। बैठकले संघीय तथा प्रादेशिक संसदमा पार्टीले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने, पार्टीले विजय हासिल गरेको गाउँपालिका र वडाहरुमा नमुना विकास कार्यक्रम लागू गर्ने र अन्य सबै स्थानीय तहमा निगरानी समूहका रुपमा ‘वैकल्पिक सरकार’ गठन गरी सूचनाको हक र जनसरोकारको सवालमा जनपरिचालन गर्ने निर्णय गरेको छ।

२०७५ लाई पार्टीको महाधिवेशन वर्ष बनाउने निर्णय समेत गरिएको पाण्डेले बताए। सूचना तथा सञ्चार विभागका संयोजक पाण्डेका अनुसार भाद्र र असोजमा स्थानीय तहको सम्मेलन, मंसीर र पुसमा प्रादेशिक अधिवेशन र फागुन १०–१५ मा संघीय महाधिवेशन गर्ने निर्णय गरेको छ। सम्पूर्ण पार्टी पंक्तिलाई एकताबद्ध गर्ने र वैकल्पिक राजनीतिलाई बलियो बनाउने संकल्प गर्दै बैठक समापन गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.