सामुदायिक वनमा भेटियो महिलाको नग्न शव
तुलसीपुर : दाङ र अर्घाखाँचीको सीमानामा पर्ने सीतगङ्गा नगरपालिका –८ स्थित सामुदायिक वनमा नग्न अवस्थामा महिलाको शव भेटिएको छ । राप्ती गाउँपालिका –१ भालुवाङमा मजदुरी गर्ने मुस्कान नेपालीको शव फेला परेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।
मृतक नेपाली आइतबार बेलुकादेखि हराएको र सोमबार जंगलमा नग्न अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । शव हेर्दा बलात्कार पछि हत्या भएको जस्तो देखिन्छ । पोस्टमार्टम मंगलबार मात्रै हुने भएकाले त्यसपछि सत्यकुरा थाहा हुने उनले बताए ।
अहिले नै केही भन्न सक्ने अवस्था नरहेको तर प्रकृति हेर्दा बलत्कार पछि हत्या भएको भन्ने आशका गर्न सकिने उनले बताए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको बताइएको छ ।