मिमुरा कपको उपाधि सहिद स्मारकलाई

मिमुरा कपको उपाधि सहिद स्मारकलाई

काठमाडौं  : अखिल (क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्व विद्यालय चितवनले सहिद सप्ताहको अवसरमा सहिद मित्रमणि आचार्य, मुकुन्द न्यौपाने र रामबहादुर खड्काको स्मृतिमा आयोजित मिमुरा कप अन्तर कलेज फुटबल प्रतियोगिता आयोजना गरेको छ ।

कार्यक्रममा सहिद स्मारक कलेजले उपाधि हात पारेको छ। सोमवार साँँझ सम्पन्न फाइनल खेलमा सहिद स्मारक कलेजले सहिद स्मारक कलेजलाई टाई ब्रेकरले हराएको हो । सहिद स्मारक कलेजका खेलाडीले उपाधिसँगै नगद ५५ हजार पाँचसय प्राप्त गरेका छन्। प्रतियोगितामा सहिद स्मारक कलेजकै सहिद स्मारक टिम उपविजेता बनेको छ ।

उपविजेता खेलाडीले नगद ३३ हजार तीन सय तेत्तिस हात पारे । प्रतियोगितामा विजयी खेलाडीलाई अखिल (क्रान्तिकारी) उपाध्यक्ष दिपेश पुनले नगद, प्रमाणपत्र र मेटल प्रदान गर्दै बधाई मन्तव्य दिएका थिए।

म्यान अफ द म्याचसहिद स्मारक कलेजका रविन्द्र श्रेष्ठ भए । त्यसैगरी हाइस्कोरर सात गोलसहिद स्मारकका विमल तामाङ र बेस्ट प्लेयर स्मारक कलेजका अस्विन पाख्रिन भए । यस्तै बेस्ट किपर आयोजक टिमबाट सुवोघ पोख्रेल भएका छन् ।

अखिल क्रान्तिकारी कृषि तथा वन विश्वविद्यालय चितवनले सहिद सप्ताहको अवसरमा आयोजना गरेको प्रतियोगितामा कुल १६ कलेज सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.