एयर एसियाले बक्यौता तिर्ने

एयर एसियाले बक्यौता तिर्ने

काठमाडौं : मलेसियाको निजी हवाई सेवा प्रदायक एयर एसियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगबापत तिर्नुपर्ने बक्यौता तिर्न सहमति जनाएको छ। सोमबार काठमाडौंं आएका एयर एसियाका प्रतिनिधि र नागरिक उड्डयन प्राधिकरणका अधिकारीबीमा यस्तो सहमति भएको हो।

बक्यौता रकम दाखिला नगरे उडान बन्द गराउने अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको चेतावनीपछि नेपाल नागरिक उड्डन प्राधिकरणलाई पत्र लेख्दै एयर एसियाले आफ्नो बक्यौता नरहेको बताएको थियो। पत्र पाउनासाथ प्राधिकरणले एयर एसियाको कार्यालयलाई साँवा र ब्याजसहित २६ करोड बक्यौताको स्टेटमेन्ट पठाएको थियो।

बक्यौताको स्टेटमेन्ट पाएपछि नेपाल आएको प्रतिनिधिले तिर्ने सहमति जनाएको प्राधिकरण महानिर्देशक सञ्जीव गौतमले बताए। उनले भने, ‘यसअघि एयर एसियाका नेपाल प्रतिनिधि हरिमान लामाले बक्यौताको विषयमा उनीहरूलाई केही जानकारी गराएका रहेनछन्। उनीहरूले बक्यौता भएको हामीले पठाएको स्टेटमेन्टबाट मात्रै थाहा पाए।’

विमानस्थल कार्यालयले पुस २४ गतेको लिखित प्रतिबद्धता अनुरुप बक्यौता दाखिल नगरेपछि थप ६ दिनको समय दिँदै फागुन २२ गतेबाट उडान बन्द गराउने चेतावनी पत्र एयर एसियाको मलेसिय कार्यालयमा पठाएको थियो। पत्र पाउन साथ एयर एसियाले प्राधिकरणलाई आफूले तिर्न बाँकी नरहेको भन्दै गत शुक्रबार पत्राचार गरेको हो।

नेपाल आएको एयर एसियाको प्रतिनिधि र प्राधिकरणबीच मार्चभित्र दुई पक्ष बसेर हिसाब टुंग्याउने सहमति भएको छ। हिसाब भएपछि एयर एसियाले अप्रिलमा ४० प्रतिशत बक्यौता दिनेछ भने जुलाईभित्र भुक्तानी गर्ने गरी बाँकी रकमको बैंक ग्यारेन्टि दिने सहमति भएको महानिर्देश गौतमले जानकारी दिए। यो सम्झौतापछि एयर एसियाको उडान नियमित हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.