यामाहाले ‘स्कुटर डे’ मनाउँदै

यामाहाले ‘स्कुटर डे’ मनाउँदै

काठमाडौं : प्रख्यात दुईपांग्रे ब्रान्ड यामाहाले मार्च ७ लाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रूपमा मनाउने भएको छ। मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्‍याएको योगदानको कदर गर्दै यामाहाले ‘स्कुटर डे’ मनाउन लागेको हो।

नेपालमा स्कुटर लोकप्रिय सवारी साधन बनेको छ। ‘स्कुटरले हामीलाई आरामदायी यात्रामात्र होइन, आत्मविश्वास पनि दिलाउँछ’, एमएडब्लू इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदीप पोखरेलले भने, ‘यसैले सबैलाई मनपर्ने साधन स्कुटरको समर्पणमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं।’ ‘स्कुटर डे’ यामाहाले गत साता सुरु गरेको ‘एसस्कुटर’ अभियानकै एउटा हिस्सा हो।

निःशुल्क ‘स्कुटर वास’

स्कुटर डेका अवसरमा देशभरी विभिन्न कार्यक्रम आयोजना हुनेछ जसमध्ये निःशुल्क स्कुटर वास एउटा हो। कम्पनीका अनुसार स्कुटर डेमा राइडरहरूले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निःशुल्क वास गर्न सक्नेछन्।

‘यामाहाको सर्भिस सेन्टरमा सबै ब्रान्डका स्कुटरको वास, त्यो पनि निःशुल्क’, यामाहाका सर्भिस हेड शरद मि श्रले भने, ‘हामीलाई आशा छ स्कुटर डेमा राइडरहरूले अभुतपूर्व अनुभव गर्नुहुनेछ।’ कम्पनीले सबै स्कुटर राइडरलाई स्कुटरको हेरचाह, मर्मत, सर्भिसिङ गरेर र स्कुटरसँगको ‘बेस्ट मोमेन्ट’ सेयर गरेर ‘स्कुटर डे’ मनाउन अपिल गरेको छ।

ट्राफिकलाई दुईवटा स्कुटर

‘स्कुटर डे’ कै दिन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत एमएडब्लूले नेपाल ट्राफिक प्रहरीलाई दुईवटा यामाहा स्कुटर हस्तान्तरण गर्ने बताएको छ। ‘हाम्रो यो सानो प्रयासले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरेका छौं’, पोखरेलले भने। त्यस्तै, अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवतः नेपालकै पहिलो स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ।

‘स्कुटर डे’मा यामाहाले काठमाडौंका पाँच स्थान (बानेश्वर, त्रिपुरेश्वर, चाबहिल, कुमारीपाटी र जडीबुटी) र यामाहा नेपाल तथा एसस्कुटर अभियानको फेसबुक पेजबाट पनि सडक सुरक्षासम्बन्धी सचेतना फैलाउने कार्यक्रमको आयोजना गर्ने बताएको छ।

स्टाइल र कम्फोर्ट

भर्खरै नेपाली बजारमा उपलब्ध स्कुटरबारे गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइएको थियो। ‘राइडिङमा स्टाइल र कम्फोर्ट महत्वपूर्ण हुन्छ र राइडरले यसैका लागि यामाहाका स्कुटरलाई मन पराउनु हाम्रो लागि ठूलो उपलब्धी हो’, यामाहाका चिफ म्यानेजर प्रकाश देवकोटाले भने, ‘राइडरको यो विश्वासलाई कायम गर्न हामी कुनै कसर बाँकी राख्ने छैनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.