प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं : सोमबारदेखि सुरु भएको संघीय संसदको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभा बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने कार्यसूची छ। २६ गते हुने सभामुख चयनका लागि २५ गते मनोनयनको कार्यतालिका छ।

यस्तै राष्ट्रियसभाले पनि अधयक्ष चयनको कार्यतालिका सार्वजनिक गर्दैछ। दुबै सभाले नियमावली मस्यौदा समिति गठन गर्ने कार्यक्रम छ।

संसद् सचिवालयले सभामुखको निर्वाचन फागुन २६ गते र प्रधानमन्त्रीले विश्वासको मत लिन फागुन २७ गते मिति तय गरेको छ।

फागुन ३ गते केपी ओली प्रधानमन्त्री नियुक्त भए पनि संसदबाट विश्वासको मत लिन बाँकी छ। प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिनिधिसभा बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.