संसदमा माधव नेपालले भने - टीआरसीको काम चाँडो टुंग्याऊँ

संसदमा माधव नेपालले भने - टीआरसीको काम चाँडो टुंग्याऊँ

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले सशस्त्र युद्धमा भएका घटनाहरूको छानबिनका लागि गठित  दुई आयोगको काम चाँडो सम्पन्न गर्नुपर्ने बताएका छन्। मंगलबार संसद बैठकमा समय लिएर नेपालले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगका कामलाई पूर्णता दिनुपर्ने बताएका हुन्।

'अब सत्य निरुपण तथा बेपत्ता छानविनको कामलाई पूर्णता दिनुपर्छ', नेपालले भने, 'पुराना कुरालमा अल्झिने समय छैन, यी काम छिटो सम्पन्न गर्नुपर्ने छ।'

कुनै पनि देश विकासको पहिलो सर्त दिगो शान्ति भएको तर्क गर्दै नेपालले शान्तिको आधारशीला तयार भइसकेको र त्यसमा टेकेर राजनीतिक स्थिरता र स्थायित्वतर्फ अघि बढ्नुपर्ने बताए।  

निर्वाचनमा वाम शक्तिले जित हात पारे पनि अहंकार राख्न नहुने उनले बताए। 'जित्नेले पनि अहँकार नराखौँ। हार्नेले पनि सुरुदेखि असहयोग नगरौँ', उनले भने, 'गल्ती गरेमा आलोचना गर्नुपर्छ। रचनात्मक विपक्षीको अपेक्षा राख्छौँ।'

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो। उक्त सम्झौतामा ‘सशस्त्र द्वन्द्वका क्रममा मानवअधिकारको गम्भीर उल्लङ्घन गर्ने तथा मानवता विरुद्धको अपराधमा संलग्नहरुको बारेमा सत्यअन्वेषण गर्न र समाजमा मेलमिलापको वातावरण निर्माण गर्न’ उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने उल्लेख छ। यस्तै सशस्त्र युद्धमा बेपत्ता भएकाहरूको स्थिति पत्ता लगाउन बेपत्ता छानबिन आयोग गठन गर्ने उल्लेख छ।

शान्ति सम्झौताअनुसार गठन भएका यी आयोगहरूले काम सम्पन्न गर्न नसकेपछि हालै पुनः म्याद थपिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.