पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

काठमार्डौः पाकिस्तानका प्रधानमन्त्री साहीद खकान अब्बासी दुई दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटघाटपछि अब्बासी स्वदेश फिर्ता भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन विमानस्थलमा पुगेर बिदाई गरेका छन् । उनी सवा १२ बजे विशेष विमानबाट स्वदेश फिर्ता भएका हुन् ।

Abbasi-gone

अब्बासी सोमबार अपरान्ह नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा अब्बासीको राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता भएको थियो । दुई दिने भ्रमणका क्रममा सोमबार नै प्रधानमन्त्री ओली र अब्बासीबीच विगत ४ वर्षदेखि हुन नसकेको दक्षिण एसियाली सहयोग संगठन(सार्क) शिखर सम्मेलनको सम्बन्धमा छलफल भएको थियो ।

मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको कुराकानीमा अब्बासीले आतंकवाद दक्षिण एसियाको साझा शत्रु भएको बताएका थिए । उनलाई टुँडिखेलमा नेपाल सरकारकातर्फबाट नेपाली सेनाले ‘गार्ड अफ अनर’ले भव्य सम्मान गरेका थिए । अब्बासी टुँडिखेलमा ‘गार्ड अफ अनर’ले सम्मानित हुने पहिलो विदेशी सरकार प्रमुख हुन्।

अब्बासी फिर्तामा आधा घण्टा अन्य सबै उडानमा रोक

त्रिभुवन विमानस्थलमा ११ः५५ बजेदेखि १२ः२५ बजेसम्म सबै उडान र अवतरण रोकिएका छन् । भिभिआइपी र भिआइपीको हवाई सुरक्षालाई मध्यनजर गर्दै आधा घण्टा विमान स्थल उडान रोक्ने चलन रहदै आएको छ । यसलाई हवाई भाषामा ‘नो टाइम’ भनिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.