मुलुक अब विकास र समृद्धिको लडाइँमा : प्रचण्ड

मुलुक अब विकास र समृद्धिको लडाइँमा : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुक विकास र समृद्धिको लडाइँमा होमिएको बताएका छन्। मंगलबार संसद बैठकमा प्रचण्डले राजनीतिक लडाइँ सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब विकास र समृद्धिको लडाइँमा पनि सहमतिका साथ अघि बढ्नुको विकल्प नरहेको बताएका हुन्।

'राजनीतिक लडाइँ सफलतापूर्व सम्पन्न भएको छ', प्रचण्डले भने, 'अब स्थायित्व, विकास र समृद्धिको लडाइँमा शान्तिपूर्ण ढंगले जाने आधार बनेको छ।'

ठूला ठूला परिवर्तनमा राजनीतिक दलहरू सँगै रहेको बताउँदै प्रचण्डले विकास र समृद्धिको नयाँ यात्रामा पनि राष्ट्रिय एकता र सहकार्यका आधारमा अघि बढ्न अपील गरे।

नयाँ नेपाल बनाउने अवसरलाई सदुपयोग गर्न उनले आग्रह गरे। शान्तिपूर्ण प्रतिस्पर्धाको अवसरलाई बुझ्न नसकेमा त्यसले राष्ट्रलाई फाइदा नगर्ने प्रचण्डको भनाई छ।

आफू दोस्रोपटक प्रधानमन्त्री बन्दा संविधान संशोधन होला कि नहोला भन्ने शंका मधेसकेन्द्रित दलहरूलाई रहेको स्मरण गर्दै त्यो शंका हटाउने प्रयास आफूले गरेको बताए। आफ्नो प्रयासका कारण स्थानीय तह निर्वाचनमा पहाडमा भन्दा मधेसमा मत बढी खसेको प्रचण्डले बताए। 'जनतासँग सम्वाद गर्ने आँट नेतृत्वले गर्‍यो भने सोच्न नसकेका काम पनि सफलतापूर्व सम्पन्न हुने रहेछन्', उनले भने।

केपी शर्मा ओली नेतृत्वको सरकारले पनि संविधान संशोधनका लागि राजनीतिक छलफल अघि बढाइरहेकोले त्यसले मुलुकलाई नयाँ एकतातिर जाने सन्देश दिएको प्रचण्डले टिप्पणी गरे।

पदका लागि जस्तोसुकै चलखेल गर्ने संस्कृतिलाई अब बदल्नुपर्ने उनको भनाई छ। 'अब राष्ट्र र जनताको लागि जस्तो सुकै त्याग गर्नुपर्छ। पदको निम्ति जस्तो सुकै चलखेल गर्ने संस्कृतिबाट मुक्त हुने संकल्प गर्नुपर्छ', प्रचण्डले भने, 'अब हामी पुरानो तरिका अपनाउने छैनौँ।'

सम्बन्धित : 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.