बहुदल आएपछि भूमिसुधार भुँडीसुधार भयो: उपेन्द्र यादव

बहुदल आएपछि भूमिसुधार भुँडीसुधार भयो: उपेन्द्र यादव

काठमाडौँ: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद् उपेन्द्र यादवले पञ्चायतमा लागू भएको भूमिसुधार बहुदल आएपछि भुँडीसुधारमा परिणत भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाकको बैठकमा सम्बोधन गर्दै यादवले भूमिसुधारको नाम जग्गाको खण्डिकरण र चक्लाबन्दी मात्रै भएको गुनासो गरे । उनले कृषिमा आधुनिकरण गर्नुको विकल्प नरहेको बताउँदै पुरानो कृषि नीतिले काम नचल्नेमा पनि जोड दिए ।

यादवले प्रदेश सरकारलाई कमजोर होइन साधान स्रोत सम्पन्न गराएर मात्र मुलुकको समृद्धि हुने उल्लेख गरे। उनले वाम सरकारको ठूलो चुनौती भष्ट्राचार रहेको बताए । ‘भष्ट्राचार संस्थागत भएको छ', उनले भने, 'कमिशनतन्त्र नियन्त्रण नगरेसम्म मुलुक अगाडी बढ्दैछन ।’

आर्थिक रुपमा कालोबजारी, भष्टाचार र कमिशनतन्त्र अन्त्य नगरेसम्म मुलुकमा समृद्धि र विकास असम्भव रहेको बताए । उनले विकासको मुख्य आधार रहेको शिक्षाको अवस्था डामाडोल रहेको बताए ।

यादवले गतल नीतिका कारण शिक्षा क्षेत्र अस्तव्यस्त रहेको आरोप पनि लगाए । 'जलस्रोत, उर्जा, कृषिको सही उपयोग भए गरिबी र बेरोजगारी आफ्नै स्रोत साधानले हटाउन सकिन्छ', यादवले भने ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.