राजेन्द्रले भनेः रेशम अपराधी होइनन्, स‌ंसद्‍मा आउन दिनुस्

राजेन्द्रले भनेः रेशम अपराधी होइनन्, स‌ंसद्‍मा आउन दिनुस्

काठमाडौँ: राष्ट्रिय जनता पार्टी नेपालका नेता तथा प्रतिनिधि सभाका सांसद्‍ महतोले कैलाली क्षेत्र नम्बर १ बाट विजयी रेशम चौधरीलाई संसदमा आउने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।

मंगलबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै राजपा नेता महतोले अपर जनमतबाट निर्वाचित चौधरीलाई स-सम्मान संसदमा ल्याउन वातावरण बनाइदिन आग्रह गरे । ‘अत्यधिक जनमत पाएर तपाईहरु सरकारमा हुन्नुहुन्छ', उनले भने, 'उता जनताले नै अपार जनमत दिएर जिताएका चौधरी जेलमा छन् ।’

उनले चौधरीको अपराध प्रमाणित नभएको पनि जिकिर गरे । 'अरोप लाग्दैमा कोही अपराधी हुँदैन, उनको अपराध प्रमाणित भएको छैन', महतोले भने, 'त्यसकारण चौधरीलाई संसद्‍मा आउन आवश्यक सहयोग गरिदिनुस ।’

महतोले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जनताको अत्यधिक समर्थन पाएकोमा बधाई दिँदै दिल पनि ठूलो बनाउन आग्रह गरे । ‘जनताले तपाईँहरुलाई ठूलो बनाए, अब तपाईँहरुले दिल पनि ठूलो बनाउनुहोस’, उनले भने ।

महतोले दिल ठूलो बनाएर देशलाई विकास र समृद्धिको दिशामा अगाडि बढाउन आग्रह गरे । उनले जनताले दिएको समर्थनलाई जिम्मेवारीपूवर्क निर्वाह गर्न प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाललाई आग्रह गरे।

महतोले सिंहदबार र काठमाडौंले सबैलाई आफ्नो सम्झनुपर्ने बताए । ‘मधेसमा बस्नेको नेपालको उतिकै माया छ', उनले भने, 'जति पहाडमा बस्नेको जति माया छ ।’

‘गोरखा र सिन्धुपाल्चोकमा भूकम्प जाँदा हामीलाई पनि पीडा हुन्छ', उनले थपे, 'सर्लाही र सिरहामा आगलागी हुदाँ काठमाडौंमा पीडा हुनुपर्‍यो ।’

उनले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्न आह्वान गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 'विगतमा जस्तो धोका नहोस, काम गर्नुहोस, तपाई अगाडि बढ्नुहोस हामी सहयोग गर्न तयार छौँ,’ महतोले भने ।

उनले विरोधका लागि विरोध नगर्ने प्रतिबद्धता समेत जनाए । उनले लडाईँ झगडा बन्द गरे २० वर्षसम्म विकासको गतिविधिमा लाग्न समेत आह्वान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.