‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो’

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान हो’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान भएको ठान्छौं भन्दै सबै दलका सांसद्ले शपथ खानुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै लिङ्देनले भने, ‘म सबैसँग आह्वान गर्न चाहन्छु । शपथ गरौँ, जनताको अगाडि कबोल गरौं, हामी पनि भ्रष्टाचार गर्दैनौँ । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु समान भएको हो, भनेर ठान्छौँ ।’

उनले भ्रष्टाचार गर्दिन भन्न सके देश अगाडि बढ्न कसैले नरोक्ने बताए । उनले विश्वका मानिस चन्द्रमामा पुगिसक्दा पनि नेपाली भने एउटा गाउँबाट अर्को गाउँ पुग्ने बाटो नपाएर तड्पिनुपरेकोप्रति दुःख व्यक्त गरे । ‘अबदेखि म पनि भ्रष्टाचा गर्दिन भन्न सकौँ ।देश गाडि बढ्न कसैले रोक्न सक्दैन’, सांसद् लिङ्देनले भने, ‘विश्वका तीनजना मानिस चन्द्रमामा पुगेर आइसके तर, हामी एउटा गाउँबाट अर्को गाउँमा जाने बाटो नपाएर तड्पिरहेका छौँ । हामीले हाम्रो देश र जनताले किन यस्तो दुःख भोग्नु परेको हो ?’

उनले संसदमा साना दलका सांसद पनि छन् भन्नेकुरालाई हेक्का राख्न सभामुखसँग आग्रह गरे । उनले संसदबाट पारित हुने सबै कार्यविधि छलफलबाट मात्र अगाडि बढाउन समेत जोड दिएका छन् ।

‘दलमाथि भेदभाव गरिएको छ । साना दल छन् भन्ने ध्यानमा राखिएको छैन । यसप्रति दुःख व्यक्त गर्दछु’, उनले भने, ‘राप्रपा, नयाँ शक्ति, नेमकिपालगायत दल पनि सदमा भएको अवगत गराउँछु ।’ उनले संविधानले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउने व्यवस्था नगरेकाले साना दललाई संविधान अनुरुप व्यवहार गर्न आह्वान गरे ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.