माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय काठमाडौंमा
काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडको गएको साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णय बमोजिम आफ्नो रजिष्टर्ड (केन्द्रीय) कार्यालय पोखराबाट काठमाडौं सारिएको छ । उक्त कार्यालय काठमाडौं लाजिम्पाटस्थित एम.बी.एल. टावरमा फागुन २१ गते सोमबारदेखि सञ्चालनमा आएको हो ।
२०५४ सालमा पोखरामा संस्थापना भइ संचालनमा रहेको बैंकको यसअघि केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।
बैंकले पूर्वमा झापादेखि पश्चिम कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट बैंकिङ्ग सेवा प्रदान सञ्चालित छ । साथै, बैंकका देशभर ८६ एटीएम संचालनमा छन् ।