केन्द्र विवादले पाँच दिनदेखि विद्यालय बन्द

केन्द्र विवादले पाँच दिनदेखि विद्यालय बन्द

डोल्पा : डोल्पाको सदरमुकाम दुुनैका पाँच विद्यालय पाँच दिनदेखि बन्द हुँदा बलबालिका शिक्षा लिनबाट बन्चित भएका छन्। डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसातादेखि सदरमुकाम दुनैमा ओन्दोलन जारी छ । साना बालबालिकाको भविष्य नै अन्धाकारमा पारेको भन्दै विद्यालय खोल्न अभिभावकले बन्दकर्तासँग आग्रह गरेका छन् । केन्द्र सारिएको बिषयमा आन्दोलन हुनु र आन्दोलनका माग जायज होलान तर शिक्षा जस्तो स्वतन्त्र निकाय नै बन्द गर्नु गतल अभ्यास भएको जिल्ला शिक्षा कार्यालय डोल्पाको भनाइ छ ।

पाँच दिनदेखि बन्द रहेका विद्यालयका सयाँै बालबालिका शिक्षा लिनबाट बञ्चित छन् । ध्रुवतार आधारभूत विद्यालय, बाल मन्दिर आधारभूत विद्यालय, मुकुटेश्वर अपाङ्ग स्रोत विद्यालय, सरस्वती माध्यामिक विद्यालयका साथै दुनै बोर्डिङ्ग स्कुल र लर्डबुद्ध बोर्डिङ्ग स्कुलका सयौं बालबालिकाहरु पाँच दिनदेखि विद्यालय गएका छैनन् ।

बन्द गर्नु र आन्दोलन गर्नु जायज होला तर शिक्ष जस्तो पवित्र क्षेत्रमा साना वालवालिकाको भविष्य अन्धकारमा लानु नहुने दुनै बोर्डिङ्ग स्कुलका प्रिन्सिपल लोकेन्द्र जैसिले बताए ।पढाइ हुने समयमा विद्यालय हप्तौसम्म बन्द हुँदा पढाइमा समस्या भएको सरस्वती माध्यामिक विद्यालयका शिक्षक हरिहर खनालले बताए । उनका अनुसार वैशाख र जेष्ठमा यार्सागुम्बा सिजन हुने भएर पढाइ नहुने र दसैं तिहारको बीचमा पढाइ नहुने हुँदा अहिले पढाइ हुने समय हो ।

आन्दोलनकारीहरुले ठुलीभेरि नगरपालिकाको केन्द्र जुफालबाट दुनै नसारेसम्म आन्दोलन र बन्द जारी रहने चेतावनी दिएका छन् । नगरपालिका भित्रका सबै विद्यालयहरु खुले पनि सदरमुकामकै पाँच विद्यालय खुलाउन नसक्नु शिक्षा कार्यालय र प्रशासनमाथि प्रश्न उठ्न थालेको छ ।

मंगलबार आन्दोलनकारीसँग वार्ता गर्ने र एक निष्कर्षमा पुगेरै छोड्ने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारि दिए । उनका अनुसार शिक्षा जस्तो कुराबाट बालबालिकालाई बञ्चित हुन नदिने र बुधबारबाट विद्यालय खुल्ने बताए । उनले भने मागहरु जायज होलान केही पिडा होलान तर हप्तौसम्म यसरी बन्द विद्यालय हेरेर प्रशासन बस्न सक्दैन ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.