साम्प्रदायिक हिंसामा एकको ज्यान गएपछि श्रीलंकामा संकटकाल

साम्प्रदायिक हिंसामा एकको ज्यान गएपछि श्रीलंकामा संकटकाल

कोलम्बो: श्रीलंकामा बौद्ध र मुस्लिम समुदायबीच हिंश्रक घटना बढेपछि त्यहाँको सरकारले मंगलवार देशभरमा १० दिनका लागि संकटकाल लगाएको छ ।सरकारले चिन्ताजनक नरहे पनि अवस्थालाई नियन्त्रणबाहिर जान नदिन यो कदम उठाउनुपरेको जनाएको छ ।

श्रीलंकन मिडियाका अनुसार क्यान्डी शहरमा अवस्था सबैभन्दा खराब छ । यहाँ दुई दिनअघि मुस्लिम र बौद्ध समुदायका मानिसबीच झडप भएको थियो । झडपमा बौद्ध धर्मका एक व्यक्तिको ज्यान नै गयो । यस क्रममा मुस्लिम समुदायका व्यापारीको दोकानमा आगो पनि लगाइएको छ । स्थानीय प्रशासनले यस हिंसापछि शहर र आसपासका इलाकामा कर्फ्यू लगाइदिएको छ।

हिंसाको कारण के हो ?

श्रीलंकाका कयौँ इलाकमा मुस्लिम र बौद्धबीच सम्बन्ध सामान्य छैन। बौद्ध समुदायले मुस्लिम संस्था र यी सँग जोडिएका मानिस जबरजस्ती धर्म परिवर्तनमा लागेको आरोप लगाएका छन् । उता केही संगठन र समूह रोहिङ्ग्या मुसलमानलाई शरण दिएकोमा पनि विरोधमा उत्रेका छन् । बौद्ध सिंहलीहरुले रोहिङ्ग्या मुस्लिमोले म्यान्मारमा आफ्ना समुदायका मानिसमाथि ज्यादति गरेको आरोप लगाएका छन् ।

श्रीलंकामा मुस्लिमको जनसंख्या केबल १० प्रतिशत मात्रै रहेको छ भने बौद्ध सिंहाली करिब ७५ प्रतिशत रहेका छन् ।

सरकारले कस्तो कदम चाल्यो ?

सरकारका आधिकारिक प्रवक्ता दयासिरी जयसेकराका अनुसार देशभरमा फैलिएको हिंसालाई मनन गर्दै मंगलवार मन्त्रिपरिषदको बैठक बसेको थियो । यो बैठकले देशभर नै सं‌कटकाल लगाउने निर्णय गरेको छ। साम्प्रदायिक दंगालाई रोक्नका लागि यो कदम चालिएको हो ।

उनले सरकार अहिले फेसबुक र अन्य सामाजिक सञ्जालमाथि पनि निगरानी भइरहेको बताएका छन् । हिंसा फैल्याउन सामाजिक सञ्जाल प्रयोग गर्नेहरुलाई पनि नियन्त्रणमा लिँदै कारबाही चलाइएको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.