यस्तो बन्दैछ कलंकीको अन्डरपास (भिडियोसहित)

यस्तो बन्दैछ कलंकीको अन्डरपास (भिडियोसहित)

काठमाडौँ: नेपालकै पहिलो कल‌ंकी चोकस्थित अन्डर पास (सुरुङ मार्ग) निर्माणलाई चीनले अन्तिम चरणमा पुर्‍याएको छ । साउनभित्र निर्माण सक्ने लक्ष्यका साथ रातदिन यहाँ काम भइरहेको छ ।

काठमाडौँ चत्रपथ सुधार योजना अन्‍तर्गत कंलकी अन्डरपासको काम तीब्र गतिमा भइरहेको छ । राजधानीकै सबैभन्दा ब्यस्तमध्ये एक कलंकीमा ट्राफिक जाम अन्त्य गर्ने लक्ष्यका साथ अन्डरपास निर्माण गरिएको हो ।

यस्तो छ अन्डर पास

निर्माणधीन अन्डरपास ८ सय मिटर लामो छ । कंलकी चोकबाट बल्खु खण्डतर्फ ४ सय मिटर र सीतापाइला खण्डतर्फ ४ मिटर लामो छ । अन्डरपास माथिको खण्ड दायाँबायाँ २-२ लेन र अन्डरपास ४ लेनको हुनेछ । चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन अर्यालले अन्डरपासको ८५ प्रतिशत काम सकिएको जानकारी दिए । ।

अन्डरपाससहति कोटेश्वर-कलंकी सडकको निर्माण चक्रपथ सुधार योजनाले गरिरहेको छ । चीनको ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा निर्माण भइरहेको उक्त सडकको ७५ प्रतिशत काम सकिएको अर्यालले जानकारी दिए । उनले अन्डरपाससहित सडक निर्माणको काम तीब्र गतिमा भइरहेको बताए ।

नाकाबन्दी र भूकम्प भिलेन

चीनको संघाई कन्स्ट्रक्सनले सन‍् २०१७ जनवरी भित्रै निर्माण पुरा गर्ने लक्ष्यका साथ ठेक्का सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण एक वर्ष पछि सरेको छ ।

कुनै अवरोध नभएमा सन् २०१८ जुलाईसम्ममा सडकको काम पनि सकिनेछ । ‘हामी जुलाई भित्रका कुनै हाल काम सक्ने गरी निर्माण कार्य गरिरहेका छौँ', अर्यालले भने, 'कंलकीको अन्डरपासपछि नयाँ बानेश्वर र महाराजगन्जमा अन्डरपासको निर्माण गरिनेछ । नयाँ बानेश्वर र महाराजगन्जमा अन्डरपासको सम्भाव्यता अध्ययन थालिएको छ ।

कलं‌की-कोटेश्वर पनि तीब्र गतिमा

इन्जिनियर अर्यालका अनुसार कलंकी-कोटेश्वर साढे १० किलोमिटर सडकको कोटेश्वरदेखि सानेपासम्म दायाँबायाँ लेनको पिच सकिएको छ । कोटेश्वरबाट एकान्तकुनासम्म मुख्य लेनमा समेत पिच भइसकेको छ ।

कलंकी-कोटेश्वर ८ लेनको सडक निर्माण तीब्र गतिमा भइरहेको इन्जितियर अर्यालले बताए । उक्त सडक खण्डमा रहेका ८ वटा पक्की पुल र ४ वटा आकाशे पुल समेत निर्माण भइसकेका छन् ।

खसी बजारमा २ वटा, बल्खुमा ४ वटा र बालकुमारीमा २ वटा पक्की पुल बनिसकेका छन् । कोटेश्वर, ग्वार्को र बागडोलमा १-१ वटा आकाशे पुल बनिसकेका छन् । अर्यालले कोटेश्वर-कलंकी सडकको निर्माण जुलाईसम्म पुरा हुने बताए ।

अन्डरपाससहित कोटेश्वर-कंलकी सडकको निर्माण पुरा भएपछि काठमाडौँको मुहार फेरिने विश्वास महानगरबासीको छ । उता कंलकीको चर्को जाम र धुलोधुवाँबाटसमेत राहत मिल्नेछ ।

यो परियोजना सकिएपछि चीनकै सहयोगमा कलं‌कीबाटै गौशालासम्म चक्रपथलाई आठ लेनमा विस्तारका लागि सम्झौता भइसकेको छ ।

भिडियो हेर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.