दुनै बजार बुधबारदेखि खुल्ने

दुनै बजार बुधबारदेखि खुल्ने

डोल्पा : सात दिनदेखि बन्द रहेको डोल्पाको सदरमुकाम दुनै बजार बुधबार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाको सक्रियतामा एक सातादेखिको बन्द बुधबारदेखि खुल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

उनका अनुसार बन्द बजार खोल्ने र यातायात सुचारु गर्ने दुई निर्णयसहित बन्दकर्तासँग सहमति भएको बताइएको छ ।  ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको विषयमा एकसातादेखि सदरमुकाम दुनैमा आन्दोलन जारी रहेको छ । बन्दका कारण जनजीवन प्रभावित भएको भन्दै जिल्ला प्रशासनले बन्दकर्तासँग छलफल गरि जनजीवन सहज बनाउन बन्दका कार्यक्रम फिर्ता लिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

बन्दको कार्यक्रम फिर्ता गरिएको भए पनि आन्दोलनका चरण भने निरन्तर भइरहने संघर्ष समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिए । उनका अनुसार सरकारको निर्णय अनुसार एउटा निष्कर्ष नआउन्जेल आन्दोलन चलिरहने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.