राष्ट्रपतिको टुंगो गर्न बालुवाटारमा एमाले स्थायी समिति

राष्ट्रपतिको टुंगो गर्न बालुवाटारमा एमाले स्थायी समिति

काठमाडौं : नेकपा एमालेको स्थायी समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ। यो बैठकले देशको तेस्रो राष्ट्रपतिको उम्मेदवारको छनोट गर्नेछ। नयाँ संविधान निर्माण र संघीयता कार्यान्वयन पछिको पहिलो राष्ट्रपतिको उम्मेदवारको टुंगो आजैको बैठकले गर्ने भएको छ।

एमालेबाट राष्ट्रपतिका लागि वरिष्ठ नेता झलनाथ खनालले बलियो दाबेदारी प्रस्तुत गरेका छन्। त्यसैगरी बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कार्यकाल छोटो भएकाले दोहोरिने इच्छा जनाइसकेकी छन्।

एमाले स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधवन नेपाल गुटबीच बराबरीको अवस्था भएकाले राष्ट्रपतिको उम्मेदवार छनोट पेचिलो हुने अनुमान गरिएको छ।

पछिल्लो समयमा अध्यक्ष ओली पार्टीमा हाबी हुँदै गएका छन्। दोस्रो पटक सरकारको नेतृत्व गरेपछि दुईतिहाइ बहुमतको सरकार निर्माणतर्फ अग्रसर रहेका ओलीले राष्ट्रपतिमा भण्डारी नै कायम गर्नुपर्ने अडान राखेका छन्। उनको अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छ।

यता वरिष्ठ नेता नेपाल समूहले नेता खनाललाई राष्ट्रपतिमा लानुपर्ने अडान लिएको छ। नेपाल पक्षले एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर दिनु गलत हुने बताउँदै आएको छ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही फागुन २३ बाट सुरु भएर २९ गते टुंगिदैछ। २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ। एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.