दलित भन्दै दुई पत्रकारलाई घरबेटीले कोठा दिएनन्

दलित भन्दै दुई पत्रकारलाई घरबेटीले कोठा दिएनन्

काठमाडौं : दलित भन्दै दुई पत्रकारलाई घर मालिकले कोठा नदिएको घटना सार्वजनिक भएको छ । इमेज च्यानलमा आवद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई थापागाउँनिवासी श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको मंगलबार जानकारी दिइयो ।

पत्रकार विश्कर्माले भने, ‘सुरुमा दुई कोठाको ११ हजार पाँच सय भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौं । भाडास्वरुप अग्रिम दुई हजार ५०० दिएका थियौं । पछि सर्ने दिनमा अरू नै कोठामा बसिसकेका रहेछन् । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौं भन्दै दुर्व्यवहार गरे ।’

कोठा भाडा बापत आफूहरुले बैना दिइसकेकाले बस्न पाउनुपर्ने बताएपछि घर मालिक गौतम दम्पतीले आफ्नो मान्छे डिएसपी र एसएसपी भएको बताउँदै धम्क्याएको विश्वकर्माको भनाइ छ ।

पत्रकार विश्वकर्मा र सुनारले दलित भएकै कारण आफूहरुमाथि दुर्व्यवहार भएको बताउँदै दलित, जातीय छुवाछूत तथा कसुर सजाय ऐन, २०६८ अनुसार घर लिक गौतम दम्पतीमाथि कारबाहीको मागसमेत गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.