बाबुरामलाई प्रचण्डको सुझाव : डिब्बा छुट्यो, इन्जिन मात्र हिँडेर हुँदैन फर्किनुहोस्

बाबुरामलाई प्रचण्डको सुझाव : डिब्बा छुट्यो, इन्जिन मात्र हिँडेर हुँदैन फर्किनुहोस्

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई माओवादी पार्टीमा फर्किन आग्रह गरेका छन्। मंगलबार नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटालाई माओवादीमा स्वागत गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘रेलको डिब्बा छाडेर इन्जिन मात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिन मात्रै कुदेर के हुन्छ ?’, प्रचण्डले बाबुरामतर्फ लक्षित गर्दै भने, ‘जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगत बाहेक केही हुँदैन। अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्किनुहोस्।’

माओवादी आन्दोलनका नेता कार्यकर्ताले बाबुरामलाई माया गर्ने बताउँदै प्रचण्डल पार्टीमा पुनर्मिलन हुन अनुरोध गरे। ‘इतिहासको निर्माता जनता हुन्, नेता त जनताको भावना प्रतिनिधित्व गर्ने सेवक हो भन्ने कित्तामा कि इतिहास निर्माता महापुरुष र अलौकिक विद्वान हुन् भन्ने कित्तामा भनेर बाबुरामजीलाई भन्ने गरेको थिए,’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँ एक्लै इतिहास निर्माण गर्न कुद्नुभयो।’

पार्टी मुख्यालय पेरिसडांडामा बुधबार आयोजित पार्टी प्रवेश समारोहमा पूर्व माओवादी नेता देवकोटालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए। स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको उनको भनाइ छ। ‘समाजवादमा जाने हो भने सवै कम्युनिष्ट एक हुनुपर्छ। नक्कली सक्कली बनेर हुँदैन’, प्रचण्डले भने, ‘भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ।’

प्रचण्डले देशमा कम्युनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको बताउँदै समृद्ध नेपाल निर्माणको लडाइमा केन्द्रित हुन सबैमा आव्हान गरे। पार्टी एकताको पक्षमा विभिन्न किसिमले तर्क वितर्क भइरहेको सन्दर्भ चर्चा गर्दै प्रचण्डले जनताले एकताको पक्षमा आदेश दिएको बताए। ‘पार्टी एकताका बारेमा तर्क गर्न खोज्दा के भनौ, के भनौ भयो भने, जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला’, प्रचण्डले भने, ‘यो अवसरवादी तर्क होइन, सही तर्क हो।’

उक्त कार्यक्रममा माओवादी पार्टीमा फर्किएका नयाँ शक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठिक नभएको टिप्पणी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.