बाल्टिनमा डुबेर बालकको मृत्यु
नुवाकोट : बेलकोट पौवाथोकमा बाल्टिनमा डुबेर मंगलबार डेढ वर्षीय बालकको ज्यान गएको छ । आफ्नै घरमा खेलिरहेका प्रज्ज्वल रिजालको आँगनमा पानी राखिएको बाल्टिनभित्र डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
घरका सदस्य आ–आफ्नै काममा व्यस्त रहेका बेला बालक एक्कासी बाल्टिनमा खसेर उँधो मुन्टे भएपछि मृत्यु भएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए । डुबेका बालकलाई तत्कालै बाल्टिनबाट निकालेर हेर्दा मृत्यु भइसकेको मृतकका काका रामशरण रिजालको भनाइ छ ।