वार्तामा बस्न उत्तर कोरिया तयार, परमाणु परीक्षण रोक्ने
प्योङ्ग्याङ्ग: दक्षिण कोरिया र उत्तर कोरियाबीचको सम्बन्ध सुधारको कोशिश जारी छ । यसैको एउटा कडीस्वरुप दक्षिण कोरियाको एउटा टोलीसँग मंगलवार पहिलो पटक उत्तर कोरियाली नेता किम जोङ्ग उनसँग भेट गरेको छ ।
भेटवार्तामा दुवै देशको टोलीबीच अघिल्लो महिना वार्ता गर्ने पनि सहमति भएको छ । सबैभन्दा रोचक कुरा त दक्षिण कोरियाली टोलीलाई किम जोङ्ग उन स्वयम्ले स्वागत गरेका छन् ।
यस क्रममा किमले भने, "म अब दक्षिण कोरियासँग राम्रो र निकट सम्बन्ध चहान्छु । मेरो मान्यता भनेको दुवै देश मिलेर अब अर्को इतिहास बनाउनु जरुरी छ ।'
यसभन्दा पहिले सन् २००७ मा दक्षिण कोरियाको एक टोली उत्तर कोरिया पुगेको थियो । त्यो बेला सत्तामा किम जोङ्गका पिता किम जोन इल थिए ।
सियोल फर्किएपछि दक्षिण कोरियाली टोलीले उत्तर कोरिया अप्रिलमा दुवै देशबीच 'शिखर सम्मेलन' गर्न तयार भएको छ। साथै वार्ताका क्रममा उसले आफ्नो परमाणु र मिसाइल परीक्षण पनि बन्द गर्ने भएको छ ।
उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वार्तामा उत्तर-दक्षिणबीच सम्बन्ध बलियो बनाउन र कोरियाली प्रायद्वीपमा शान्ति गर्नेबारे कुरा भएको थियो । यसका अलावा सियोलको टोलीले किमलाई राष्ट्रपति मून जेइ इनको निजी पत्र पनि हस्तान्तरण गरे ।
समाचार अनुसार दक्षिण कोरियाली राष्ट्रपति विगत लामो समयदेखि उत्तर कोरियासँग वार्ता सुरु गर्ने पक्षमा उभिएका छन् । दक्षिण कोरियाको इन्टेलिजेन्स प्रमुख सूह हून र नेशनल सेक्युरिटी एडभाइजर चुङ्ग युई-योङ्गका अलावा अन्य अधिकारी पनि टोलीमा थिए । तर कति संख्यामा थिए भन्ने खुलाइएको छैन ।
समाचार एजेन्सी केसीएनएले किम र दक्षिण कोरियाली टोलीको फोटो पनि सार्वजनिक गरेको छ। यिनीहरुमा स्वयम् किम जोङ्ग उन दक्षिण कोरियाका अधिकारीलाई स्वागत गर्दै गरेका देखिएका छन् ।
पछिल्ला सात सालमा पहिलो पटक दक्षिण कोरियाका अधिकारी किम जोङ्ग उनसँग पहिलो पटक प्रत्यक्ष मिलेका हुन् । किम जोङ्ग उन आफ्ना पिता किम जोन इलको निधनपछि सन् २०११ मा सत्तामा आएका थिए । त्यही बेलादेखि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ ।
कोरियाली प्रायाद्वीपमा लगातार बिग्रँदो अवस्थाको मध्यनजर गर्दै पहिलो पटक उत्तर कोरिया लगातार आफ्नो छवि सुधार्ने कोशिशमा लागेको छ । यसै साल दक्षिण कोरियामा भएको विन्टर ओलम्पिकमा उत्तर र दक्षिण कोरियाली टिमले एक झण्डामुनि भाग लिएका थिए । किमले आफ्नी बहिनी किम यो जोङ्गलाई पठाएर दुवै देशबीचको सम्बन्ध सुधार्न कोशिश गरेका थिए ।
यही कोशिशलाई निरन्तरता दिँदै दक्षिण कोरियाका राष्ट्रपति मुन जेई इनले गत हप्ता आफ्नो डेलिगेसन उत्तर कोरिया पठाउने टुंगो गरेका थिए ।