रूसको सैन्य जहाज सिरियामा खस्यो, ३२ को मृत्यु

रूसको सैन्य जहाज सिरियामा खस्यो, ३२ को मृत्यु

एजेन्सी: रूसको एक सैन्य जहाज सिरियामा दुर्घटनाग्रस्त भएको छ। रूसको रक्षा मन्त्रालयले जनाए अनुसार यो दुर्घटनामा कम्तिमा ३२ जनाको ज्यान गएको छ । दुर्घटनामा जहाजमा सवार २६ यात्री र चालक दलका ६ सदस्यको ज्यान गएको छ ।

रिया नोभोस्ती समाचार एजेन्सीको समाचार अनुसार यो दुर्घटना सिरियाको तटीय शहर लताकिया नजिकै भएको हो । प्रारम्भिक समाचार अनुसार रूसको यो सैन्य जहाज खमेमिम एयरबेसमा उतर्ने क्रममा दुर्घटनामा परेको हो ।

रूसले जनाए अनुसार जहाजलाई 'दुष्मन' ले निशाना बनाएका होइनन् । शुरुवाती जाँच अनुसार दुर्घटनाको कारण प्राविधिक गडबडी भएको खुलेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.