डा. केसीलाई तीन दिनमा अदालतमा हाजिर हुन आदेश

डा. केसीलाई तीन दिनमा अदालतमा हाजिर हुन आदेश

काठमाडौँ: सर्वोच्च अदालतले वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अदालतको अवहेलनासम्बन्धी मुद्दामा तीनदिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले आज अवहेलना मुद्दामा डा केसीलाई अदालत उपस्थित हुन आदेश जारी गरेको हो ।

डा केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको विषयमा दिएको अभिव्यक्ति अर्मादित, अशिष्ट, अशोभनीय भएको भन्दै आदेशमा भनिएको छ, ‘तँपाईले प्रयोग गरेका शब्दले अदालतको अवहेलना हुने खालको छ कि छैन, तीनदिनभित्र अदालतमा उपस्थित भएर जवाफ दिनुस् ।’

डा केसीले प्रधानन्यायाधीशको राजीनामा माग्ने शव्द प्रयोग गर्दा अदालतको अवहेलना भएको उल्लेख गर्दै गोविन्द बोहोराले यही फागुन १६ गते अवहेलना मुद्दा दायर गरेाका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.