पाँच घण्टादेखि एमाले स्थायी समिति बैठक बालुवाटारमा

पाँच घण्टादेखि एमाले स्थायी समिति बैठक बालुवाटारमा

काठमाडौँ: राष्ट्रपतिको उम्मेदवार चयनका विषयमा छलफल गर्न सत्तारुढ नेकपा एमाले स्थायी कमिटीको बैठक अहिले पनि जारी छ ।

दिउँसो ४ बजेका लागि तय भएको बैठक साँझ ६ बजे शुरु भएर हालसम्म जारी रहेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले नेताहरु छलफलमै रहनुभएको जानकारी दिए।

औपचारिक बैठक अघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्शसमेत गरेका थिए ।

एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा छलफल चलेको छ । एमालेबाट विद्यासँगै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहितको नाम राष्ट्रपतिका लागि चर्चामा छ ।

एमाले स्थायी समितिमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल–माधवन नेपाल गुटबीच बराबरीको अवस्था भएकाले राष्ट्रपतिको उम्मेदवार छनोट पेचिलो हुने अनुमान गरिएको छ।

पछिल्लो समयमा अध्यक्ष ओली पार्टीमा हाबी हुँदै गएका छन्। दोस्रो पटक सरकारको नेतृत्व गरेपछि दुईतिहाइ बहुमतको सरकार निर्माणतर्फ अग्रसर रहेका ओलीले राष्ट्रपतिमा भण्डारी नै कायम गर्नुपर्ने अडान राखेका छन्। उनको अडानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छ।

यता वरिष्ठ नेता नेपाल समूहले नेता खनाललाई राष्ट्रपतिमा लानुपर्ने अडान लिएको छ। नेपाल पक्षले एकै व्यक्तिलाई दोहोर्‍याएर अवसर दिनु गलत हुने बताउँदै आएको छ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया यही फागुन २३ बाट सुरु भएर २९ गते टुंगिदैछ। २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ। एमालेका उम्मेदवारसँग भिड्न नेपाली कांग्रेसले मानबहादुर विश्वकर्मालाई उठाउने तयारी गरेको छ। यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.