कोलम्बोमा भारतलाई श्रीलंकाको झट्का

कोलम्बोमा भारतलाई श्रीलंकाको झट्का

एजेन्सी: श्रीलंकाले मंगलवार कोलम्बोमा खेलिएको ट्वान्टी-२० भिडन्तमा भारतलाई ५ विकेटले हराएको छ । श्रीलंकाले जीतका लागि पाएको १७५ रनको लक्ष्य पाँच विकेट गुमाउँदै १९ ओभरमा भेट्टाएको हो ।

तीन देशबीचोक यो प्रतियोगितामा श्रीलंकाले जितसहित सुरुवात गरेको हो । प्रतियोगिताको तेस्रो टिम बंगलादेश रहेको छ । भारतले अघिल्लो खेल ८ मार्चमा बंगलादेशविरुद्ध खेल्नेछ ।

श्रीलंका टीमको शुरुवात राम्रो रहेन । कुसल मेन्डिस केबल ११ रन बनाएर वाशिङ्गटन सुन्दरको बलमा आउट भए । धनुष्का गुणातिलके १९ रन बनाएर आउट भए तर तेस्रो नम्बरमा आएका कुशल परेराले ३७ बलमा ६६ रन बनाएर जितको जग बसाल्न सफल भए ।

उनले आफ्नो पारीमा छ चौका र चार छक्का हाने । उनलाई वाशिङ्गटन सुन्दरले आउट गरे । परेरा नै प्लेयर अफ द म्याच भए ।

त्यसैगरी दिनेश चाण्डीमल १४ र उपुल थरङ्गा १७ रन बनाउँदै आउट भए । पाँच विकेट गुमाएछि श्रीलंका टीम केही लडखडायो । तर दसुन शनाकाले १५ र थिसारा परेराले नटआउट २२ रन बनाउँदै श्रीलंकालाई नौ बल बाँकी रहँदै गतिलो जित दिलाए ।

यसभन्दा अघि भारतले शिखर धवनको ९० र मनीष पाण्डेयको ३७ रनको मद्धतमा निर्धारित २० ओभरमा पाँच विकेट गमाउँदे १७४ रन बनाएको थियो ।

भारतको सुरुवात गतिलो भएन । ओपनिङमा आएका कप्तान रोहित शर्मा खाता नै नखोली फर्किए । सुरेश रैना केबल एक रनमै आउट भए ।

त्यसपछि शिखर धवन र मनीष पाण्डेयले तेस्रो विकेटका लागि ९५ रन जोडे । मनीष ३५ बलमा ३७ रन बनाउँदै आउट भए ।

धवनले चौथो विकेटका लागि ऋषभ पन्तसँग ४९ रनको साझेदारी गरे । धवन ४९ बलमा ९० रन बनाउँदै आउट भए । उनले ६ चौका र ६ छक्का हाने ।

पन्तले २३ रन बनाए भने दिनेश कार्तिक १३ रनमा नटआउट रहे । श्रीलंकाका लागि दुष्मन्ता चमिराले ३३ रन दिएर २ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.