शेरबहादुरमाथि गगनको प्रहार: हौसिनेले बुझुन्, पार्टीमा हस्तक्षेप गरेरै छाड‍्छौँ

शेरबहादुरमाथि गगनको प्रहार: हौसिनेले बुझुन्, पार्टीमा हस्तक्षेप गरेरै छाड‍्छौँ

काठमाडौँ: देशमा भएका तीनै तहका निर्वाचनमा नमिठो पराजय भोगेपछि कांग्रेस भित्र पुनर्जागरण अभियान तीब्र भएको छ। अझ प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएपछि युवा नेताहरु गगन थापा, नविन्द्रराज जोशी, विश्वप्रकाश शर्मा र धनराज गुरुङसहितले पुनर्जागरण अभियानलाई सशक्त बनाए ।

तर, यो अभियानमा पानी फेर्दै निर्वाचनमा पार्टीले हार्दा नेतृत्व लिएका सभापति शेरबहादुर देउवाले नैतिकताको आधारमा पद छाड्नुको साटो फेरि संसदीय दलमा निर्वाचित भएका छन् ।

पार्टीमा विकल्पको रुपमा हेरिएका कोइराला परिवार सदस्यको मत पाएर देउवा गणेशमान पुन प्रकाशमान सिंहलाई भारी मतले हराउँदै संसदीय दलको नेता बने ।

देउवा नै संसदीय दलको नेता बनेपछि युवा नेता गगन थापाले त्यसबारे प्रतिक्रिया दिँदै पार्टी पुनर्जागरण अभियान नसकिएको र आफु पनि नथाकेको प्रतिक्रिया दिएका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत भनेका छन्, 'कांग्रेस पुनर्निर्माण फगत नेतृत्व परिवर्तनले होइन, सम्पूर्णरुपमा नीतिगत र सांगठनिक पुनर्संरचनाको नवीन सोचले हुनेछ भन्नेमा विश्वस्त छौँ', उनले भनेका छन्, 'त्यसैले छुट्टै विचारसहित पार्टीमा हस्तक्षेप गर्ने प्रयत्न भइरहेको हो । यो अभियान अझ विस्तारित हुँदै जानेछ।'

गगनले आफैँले छानेका मतदाताबाट चुनिने सजिलो चुनावको नतिजाले नहौसिन भन्दै घुमाउरो भाषामा देउवामाथि पनि प्रहार गरेका छन् । कोही हौसिँदैमा आफूहरु नथाकेको र नहारेको प्रतिक्रिया पनि गगनले दिएका छन् ।

'आफैंले छानेका मतदाताबाट चुनिने सजिलो चुनावको नतिजाले कसैलाई धेरै हौस्याएको होला, तर हामी न थाकेका छौं न त हारेका नै', उनले भनेका छन्, 'पार्टी पुनर्जागरणको हाम्रो अभियानको औचित्य झन् पुष्टि भएको छ। यो अभियान अझ सशक्त ढंगले अगाडि बढ्ने छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.