विश्‍वविद्यालयमा सेमेस्टर प्रणाली अघि पूर्वाधार

विश्‍वविद्यालयमा  सेमेस्टर प्रणाली अघि पूर्वाधार

बागलुङ : प्रदेश ४ का स्ववियु अध्यक्षको भेलाले सेमेस्टर प्रणाली लागू गर्नुभन्दा पहिले आवश्यक पूर्वाधार तयार गर्नुपर्ने निष्कर्ष निकालेको छ। स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसको आयोजनामा भएको प्रदेश भेलाले उक्त निष्कर्ष निकालेको हो। ‘त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गर्न आंगिक क्याम्पसलाई निर्देशन त दियो तर क्याम्पसमा भौतिक पूर्वाधारको अवस्था र मानवीय स्रोतको पर्याप्त व्यवस्था छ/छैन भन्ने कुराको ख्याल राखेन’, धौलागिरि बहुमुखी क्याम्पस बागलुङका स्ववियु अध्यक्ष मनीष थापाले भने, ‘हामीले पूर्वाधारको ख्यालै नगरी यो प्रणाली लागू गर्‍यौं भने असफल भइन्छ भन्ने निचोड निकालेका छौं।’

भेलाले शैक्षिक विषयमा विभिन्न ११ बुँदे बागलुङ घोषणापत्रसमेत जारी गरेको छ। स्ववियु भेलाले गुणस्तरीय शिक्षाका लागि प्रदेश ४ भित्र कुल बजेटको २० प्रतिशत रकम विनियोजन गर्न मागसमेत गरेको छ। ‘सरकारले शिक्षाको जिम्मा निजी क्षेत्रलाई सुम्पेर पन्छिन खोजेजस्तो देखिन्छ’, पोखरा नर्सिङ क्याम्पसकी स्ववियु अध्यक्ष अनामिका राज्यलक्ष्मी बस्नेतले भनिन्, ‘गरिब र विपन्न समुदायका विद्यार्थीले पढ्ने आंगिक र सामुदायिक क्याम्पसमा राज्यले गुणस्तरीय शिक्षाका लागि लगानी बढाउनुपर्छ भन्ने हाम्रो माग हो।’

भेलाले शैक्षिक विकास सम्भावना र विद्यार्थी हकहितका लागि सामूहिक अभियान सञ्चालन गर्ने, प्रादेशिक विश्वविद्यालय स्थापनका लागि पहल गर्दै प्राविधिक र व्यवस्थित गर्न लागिपर्ने, प्रदेश तहमा स्ववियु परिषद् स्थापनका लागि नेतृत्व लिने निर्णय गरेको छ। स्वतन्त्र विद्यार्थी युनियनलाई सिर्जनशील बनाउँदै उच्च शिक्षाको महत्वपूर्ण साझेदार रूपमा स्थापित गर्ने, गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिमा पहुँच पुर्‍याउनका लागि छनोट र वितरणको वैज्ञानिक मापदण्ड बनाउन पहल गर्ने, संविधानको व्यवस्थानुसार पनि राज्य शिक्षा स्वास्थ्यजस्ता महत्वपूर्ण पक्षबाट पन्छिन नमिल्ने भएकाले विश्वविद्यालय क्याम्पसलाई विकेन्द्रीकरण गर्ने सवाललाई गम्भीरतासाथ लिँदै गहिरो बहस चलाउने आग्रह गर्ने निर्णय भेलाले गरेको आदिकवि भानुभक्त क्याम्पस तनहुँकी स्ववियु अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिइन्।

भेलाले हरेक क्याम्पसमा वैज्ञानिक मापदण्डअनुसार छात्र÷छात्रावास निर्माणका लागि पहल गर्ने, प्रदेशभित्र सञ्चालित आंगिक, सामुदायिक तथा प्राविधिक (नर्सिङ÷विज्ञान) क्याम्पसहरूले भोगिरहेका समस्या समाधानका लागि सामूहिक पहल गर्ने तथा प्रदेश ४ का स्ववियु साझेदारी र सहकार्यको अभियानलाई चरणबद्ध रूपमा अगाडि बढाउने निर्णय गरेको छ। भेलाले धौलागिरि क्याम्पसलाई प्रदेश ४ को शैक्षिक गन्तव्य र प्राज्ञिक स्थलको रुपमा स्थापित गर्न सघाएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए। भेलामा प्रदेश ४ का २४ दर्जन बढी स्ववियु अध्यक्ष सहभागी थिए।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.