समस्यामा महिला कदीबन्दी

समस्यामा महिला कदीबन्दी

बर्दिया : समाजमा जानेर वा नजानेर कानुन उल्लंघन गरेका तथा विभिन्न अभियोगमा कारागारमा जीवन बिताइरहेका कैदीबन्दी महिला विभिन्न समस्या भोग्न बाध्य हुने गरेका छन्। कारागारभित्र सजाय भुक्तान गरिरहेका तथा मुद्दा खेपिरहेका महिला कैदीबन्दी कानुनी अधिकारबाट वञ्चित हुँदा समस्यामा पर्ने गरेका हुन्।

जिल्ला कारागार बर्दियामा विभिन्न कसुरमा कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि बन्दी जीवन बिताइरहेका महिला कैदीबन्दीमा विभिन्न समस्या भोगिरहेका छन्। १५ जना महिला कैदीबन्दी रहेको बर्दिया कारागारमा एक जना बालिका पनि आमासँगै जेलजीवन बिताइरहेकी छन्। छोरी जन्मेको दुई महिनामै कारागारमा आउनुपरेको बाह्रबर्दिया नगरपालिका–११ निवासी सीता चौधरीले बताइन्।

दुई वर्षअघि गर्भवती हुँदा दुई छोरीसहित आफू पनि विषसेवन गरी आत्महत्याको प्रयास गरेकी थिइन्। दुर्भाग्यवश एउटी छोरीको निधन भयो। एउटी छोरी र सीता बाँचे। त्यसपछि उनी छोरीसहित कारागारमा कैद भुक्तान गर्न बाध्य भइन्।

‘छोरीको जन्मदर्ता छैन’, उनले गुनासो गरिन्। छोरी विद्यालय जान थाले पनि घरपरिवारले जन्मदर्ता नगरिदिएको उनले बताइन्। श्रीमान्ले आफ्नो विवाह दर्तासमेत नगरेको भन्दै कैदीजीवन बिताइरहेकी २३ वर्षीया चौधरी माइतीबाट बारम्बार आग्रह गर्दा पनि जन्म र विवाह दर्ता हुन नसकेको बताइन्।

गुलरिया नगरपालिकाका उपमेयर तथा महिला अधिकारकर्मीको टोलीले महिला कैदीबन्दीसँग भेटघाट गरेको छ। बर्दिया कारागारमा महिला कैदीबन्दीको क्षमता २५ जना भए पनि एउटा बच्चा र १५ जना कैदीबन्दी छन्। तर, पुरुष कैदीबन्दी भने क्षमताभन्दा दोब्बर हुँदा कारागार प्रशासनलाई समस्या परेको बर्दिया कारागारका प्रमुख रोहित श्रेष्ठले बताए।

बर्दिया कारागारमा सय जना पुरुष कैदीबन्दी राख्ने क्षमता भए पनि २ सय ४६ जना छन्। खानेपानी, शौचालयलगायत आधारभूत आवश्यकता भए पनि बन्दीको चाप बढी भएकाले समस्या परेको हो। सजाय भुक्तान गर्ने कारागार सुधारगृह भए पनि कैदीबन्दीको चापले कारागारभित्र समस्यै समस्या छ। यथाशीघ्र कैदीबन्दीका मुद्दा किनारा लगाउन राज्यले पहल गर्नुपर्ने प्रमुख श्रेष्ठको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.