मृत्यु भएका खेलाडीको सम्मानमा जर्सी नम्बरको संन्यास

मृत्यु भएका खेलाडीको सम्मानमा जर्सी नम्बरको संन्यास

रोम : अल्पायुमै मृत्यु भएका आफ्ना खेलाडीको सम्मानमा इटालीका दुई टोलीले उनले प्रयोग गर्दै आएको जर्सी नम्बरलाई अबदेखि प्रयोग नगर्ने घोषणा गरेका छन्। इटालियन क्लबहरू फियोरेन्टिना र काग्लिअरीले आफ्ना पूर्वरक्षकको सम्मानमा उनले प्रयोग गरेको जर्सी नम्बर १३ लाई प्रयोग नगर्ने घोषणा गरेका हुन्।

यी दुई टोलीबाट फुटबल खेलेका रक्षक डेभिड अस्टोरीको गत आइतबार मृत्यु भएको थियो। ३१ वर्षीय अस्टोरीको मृत्युबारे अधिकारीहरूले अनुसन्धान थालेका छन्। स्टोरीले पछिल्लो समय फियोरेन्टिनाबाट खेल्दै आइरहेका थिए। त्यसअघि सन् २००८ देखि आठ वर्षसम्म उनले काग्लिअरीबाट खेलेका थिए। राष्ट्रिय टोलीबाट समेत १४ क्याप जितेका उनी सन् २०१६ मा काग्लिअरीबाट फियोरेन्टिनासँग अनुबन्ध भएका थिए।

आफ्ना लागि ५८ खेल खेलेका उनै अस्टोरीको सम्मानमा फियोरेन्टिनाले उनको जर्सी नम्बरलाई प्रयोग नगर्ने निर्णय गरेको जनाएको छ। ‘डेभिड अस्टोरीको सम्मानस्वरूप काग्लिअरी र फियोरेन्टिनाले उनले प्रयोग गरेको जर्सी नम्बर १३ लाई संन्यास दिने निर्णय गरेको छ’, फियोरेन्टिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ। फियोरेन्टिनाले गत आइतबार नै इटाली सिरी एमा उडिनेसविरुद्ध खेल्ने तय भएको थियो। यद्यपि अस्टोरीको मृत्युसँगै सिरी एका सबै खेल स्थगित गरिएका छन्।

अस्टोरीका श्रीमती र एक दुई वर्षीया छोरी छन्। अस्टोरी अर्को इटालियन क्लब एसी मिलानको एकेडेमीबाट उदाएका खेलाडी हुन्। उनले केही समय रिणमा रोमाबाट समेत खेलेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.