तिलोत्तामा गोल्डकपको तयारी पूरा

तिलोत्तामा गोल्डकपको तयारी पूरा

 

बुटवल : मोफसलकै पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा फागुन २५ देखि सुरु हुने उक्त प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० वटा टोलीको सहभागिता रहनेछ। २०३५ सालमा बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सुरु भएको उक्त गोल्डकपको यो २०औं संस्करण हो।

प्रतियोगिताका लागि मैदान सम्याउने, स्थायी प्यारापिट निर्माण गर्ने र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, फ्रेन्डस् क्लब, रूपन्देही-११, झापा-११ र सुदूरपश्चिम-११ ले सहभागिता जनाउने भएका छन्।

प्रतियोगिताका लागि चार हजार दर्शक क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ। एन्फा टेक्निकल सेन्टरको खेल मैदानको स्थायी प्यारापिट पाँच हजार दर्शक क्षमताको छ। स्थायी संरचना निर्माण नहुँदा प्यारापिटका लागि मात्रै एक प्रतियोगितामा चार लाख रुपैयाँ खर्च हुँदै आएको छ। जिल्ला फुटबल संघले बुटवल उपमहानगरपालिका र अखिल नेपाल फुटबल संघ (एन्फा)सँग खेलकुद ग्राम निर्माणका लागि पनि आग्रह गर्दै आएको छ।

यसपटक तिलोत्तमा गोल्डकपको विजेताले सात लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। यसैगरी उपविजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ पाउनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछ भने विद्यागत उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ हात पार्नेछन्। तिलोत्तमा गोल्डकपको १९औं संस्करणको उपाधि सीएमसी संकटा क्लबले जितेको थियो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.