उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन

उपराष्ट्रपतिमा पनि पुनः नन्दबहादुर पुन

काठमाडौं : नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने भएको छ। नेकपा एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले पनि वर्तमान उपराष्ट्रपति पुनलाई नै भावी उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

माओवादी नेता जनार्दन शर्माले प्रधानमन्त्रीसँगको समझदारीका आधारमा उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्‍याउने निर्णय गरेको बताए। ‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीका आधारमा हामीले पनि उपराष्ट्रपति दोहोर्‍याउने निर्णय लिएका छौं’, उनले भने।

एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार मध्यरातिसम्म बसेको स्थायी कमिटि बैठकबाट भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कुमारी लक्ष्मी लामालाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

राष्ट्रपतिको निर्वाचन प्रक्रिया फागुन २३ (आज) बाट सुरु भएर २९ गते टुंगिदैछ। आजै दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ। २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ।

यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.