राष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी

राष्ट्रपतिमा भण्डारी र राईको उम्मेदवारी

काठमाडौं : राष्ट्रपति निर्वाचनका लागि विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राईले मनोनयन दर्ता गरेका छन्।

सत्तारुढ दल नेकपा एमालेका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राईले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

भण्डारी र राई दुबै भोजपुर जिल्लाका हुन्।

एमाले स्थायी कमिटी वर्तमान राष्ट्रपति भण्डारीलाई नै पुनः राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय मंगलबार राति गरेको थियो भने कांग्रेसले बुधबार बिहान राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा उम्मेदवारी दर्ता गरेकी हुन्।

भण्डारीको प्रस्तावकमा माधव नेपाल, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र ओनसरी घर्ती छन्। यस्तै उनको समर्थकका रामबहादुर थापा, विष्णु पौडेल, गोकर्ण विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन्।

यस्तै कांग्रेसकी उम्मेदवार राईको मनोनयनमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कडेँल र पार्वती डीसी चौधरी प्रस्तावक छन्। उनका समर्थकमा मेखलाल श्रेष्ठ, राधा घले लगायत छन्।

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनमा प्रदेश सांसद र संघीय संसदका सदस्यहरूले मतदान गर्नेछन्।  

निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.