बिपी राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन

बिपी राजमार्ग अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन

सिन्धुली : धुलिखेल–सिन्धुली–बर्दीवास बिपी राजमार्ग मिचेर दायाँ बायाँ बनेका भौतिक संरचना हटाउन सडक विभागले निर्देशन दिएको छ । सडकको दायाँ बायाँ १५-१५ मिटर क्षेत्रभित्र सडक मिचेर निर्माण गरिएका सबै भौतिक संरचना हटाउन विभागले निर्देशन दिएको हो । एक महिनासम्म नहटाए भत्काउने चेतावनी समेत विभागले दिएको छ ।

सडक आयोजनाको बुधबार सिन्धुलीमाढीमा बसेको सर्वदलीय बैठकले सडकको लागि १५-१५ मिटर र दायाँ बायाँ ६-६ मिटर नगरपालिकाको सेट व्याकको लागि गरी जम्मा २१-२१ मिटर गरी दायाँ बायाँ जम्मा ४२ मिटर भित्र निर्माण गरिएको सार्वजनीक भवन, पसल, निजी आवस, सहायक सडक, होटललगायतका संरचना खाली गर्न एक महिने अल्टिमेटम दिएको हो ।

सडक अतिक्रमण गरी कुनै पनि कार्य नगर्न र अतिक्रमण गरी निर्माण गरिएका सबै प्रकारका संरचना हटाउन सडक विभागको निर्देशन अनुसार निर्णय गरी एक महिनाको अल्टिमेटम दिइएको बिपी राजमार्ग आयोजनाका निमिक्त आयोजना प्रमुख राकेश महर्जनको भनाइ छ ।

‘बुधबार सिन्धुलीमाढीमा भएको निर्णय अनुसार आयोजनाले तत्काल सार्वजनीक सूचना जारी गरी भौतिक संरचना निर्माण गरी सडक अतिक्रमण गर्नेहरु स्वयमलाई एक महिना भित्र खालीगर्न आग्रह गर्ने र अटेर गरे आयोजनाले बलप्रयोग गरेरै भएपनि खाली गराउने निर्णय भएको छ,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.