कर्मचारीलाई प्रदेश २ का मुख्यमन्त्रीको निर्देशन : सेवक भएर काम गर्नुहोस

कर्मचारीलाई  प्रदेश २ का मुख्यमन्त्रीको निर्देशन : सेवक भएर काम गर्नुहोस

काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले कर्मचारीलाई सेवक बनेर काम गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री राउतले सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै कर्मचारीलाई सेवक भएर काम गर्न निर्देशन दिएका हुन्। काठमाडौंमा भएको एक कार्यक्रम बोल्दै उनले भने, 'हामीले सांसद होइन सेवकका रुपमा प्रस्तुत भएका छौ। तपाई(कर्मचारी)हरुले पनि सेवक भएर काम गर्नुपर्छ।'

उनले प्रशासनको ढिलासुस्ती र अनियमितता नियन्त्रण गर्दै प्रदेश २ लाई विकसिकत र समृद्ध प्रदेश बनाउने बताए। मुख्यमन्त्री राउतले संघीयताले सुशासनको प्रत्याभति दिएको बताए। ‘भ्रष्टाचारी कारवाही हुन्छ , त्यसको लागि कानुन बनाउदैछौ। प्रदेश २ मा भ्रष्टाचारी र अपराधी छोडिने छैन।’ उनले भने।

उनले प्रदेश २ मानव विकास सूचाङ्कमा पछाडि रहेको बताए। ‘प्रदेश २ मानव विकास सूचाङ्कमा पछाडिबाट दोस्रो स्थानमा छ, यहाँ अत्यन्तै गरिबी छ।’ उनले भने। उनले सडक, बाटोघाटो अवस्था दयनिय रहेको बताए। मुख्यमन्त्री राउतले उपयुक्त र समय सापेक्ष नीतिको अभावका कारण शिक्षा क्षेत्र तहसनहस भएको बताए। उनले प्राविधिक र वैज्ञानिक शिक्षाको जमानामा परम्परागत शिक्षामा नै भर पर्नु पर्ने अवस्था रहेको बताए। उनले शिक्षा क्षेत्रको सुधारमा आफु लाग्ने प्रतिबद्धता जनाएका छन्।

उनले प्रदेश २ का स्वास्थ्य अवस्था नाजुक रहेको हुदाँ प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्या‍उने बताए। उनले कृषि क्षेत्रमा व्यापक सम्भावना रहेपनि राज्य ध्यान पुग्न नसकेको बताए। उनले भने,‘ कृषिको समभावना छ। मलखाद, विउविजनको सधै अभाव हुन्छ। निर्यात गर्नु पर्ने आयात गरिरहेका छौ।’ उनले स्रोत साधनको न्यूनताले प्रदेश संरचनामा समस्या रहेको बताए। ‘न्युन स्रोत र साधनले प्रदेशमा केही समस्या छ’ उनले भने।

उनले सुशासन कायम गर्दै प्रदेश दुईलाई समृद्ध प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन्। उनले आफू मुख्यमन्त्री भएपछि जनताको समस्या तत्काल सुनुवाइ गर्ने व्यवस्था गरिएको बताए। उनले भने, ‘जनताको समस्याको तत्काल सुनुवाइ गरेका छौ।’ उनले वीरगन्जमा गोली चल्ने वित्तिकै गृहमन्त्रीलाई पठाएका स्मरण गराए।

उनले प्रदेश २ मा ६० प्रतिशत कार्मचारी पुगेको बताए। उनले कर्मचारी आउने क्रम जारी रहेको समेत जानकारी दिए। उनले भने,‘ ६० प्रतिशत पुगे, अरु पुग्ने क्रम जारी छ। ’मु्ख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीसँग भेटेर प्रदेश नम्बर २ को विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेको बताए।उनले भने, ‘प्रधानमन्त्रीले सहयोग गर्ने प्रतिबद्धता गर्नु भएको छ। ’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.