नबिना लामाले अनेरास्ववियु छोड्ने : पुनर्गठनको तयारी

नबिना लामाले अनेरास्ववियु छोड्ने : पुनर्गठनको तयारी

काठमाडौं : अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ। लामा समानुपातिकतर्फबाट निर्वाचित भएकी छिन्। एकै व्यक्ति दुई पदमा बस्ने नहुने पार्टीको नियमअनुसार लामाले अनेरास्ववियुको नेतृत्व छाड्ने तयारी गरेकी हुन्।

नेकपा (माओवादी केन्द्र)सँग नेकपा (एमाले)को पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृ संगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए।

‘अध्यक्ष लामाको कार्यकाल सकिएको छ र प्रतिनिधिसभाको सदस्यमा समेत निर्वाचित हुनुभएको छ’, उपाध्यक्ष बर्तौलाले भने, ‘केही दिनअघि अखिलको स्थायी कमिटी बैठकमा समेत उनले आफू प्रतिनिधिसभाको सदस्यको भइसकेको अवस्थामा नेतृत्व हस्तान्तरण गर्न कुरा बताउनुभएको थियो।’

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)बीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन्। विसं २०७२ माघ २८ गते अनेरास्ववियूको २२ औं राष्ट्रिय महाधिवेशन भएको थियो।

दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ। लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा छन्।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.